आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

प्राकृतिक विपत्ति बाढीपहिरोले धेरै क्षति गर्नुको कारणबारे गगन थापाको यस्तो खुलासा

प्राकृतिक विपत्ति बाढीपहिरोले धेरै क्षति गर्नुको कारणबारे गगन थापाको यस्तो खुलासा

  • मिडिया डबली
  • बुधवार, आषाढ २ २०७८

  • 5.7K
    SHARES

  • प्राकृतिक विपत्ति बाढीपहिरोले धेरै क्षति गर्नुको कारणबारे गगन थापाको यस्तो खुलासा

    काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले प्राकृतिक विपत्तिका बेला उद्धार, खोजी, उपचार र राहतमा सक्रिय हुन पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता थापाले विपद जानकारी दिएर नआउने भएपनि पूर्व तयारी गर्न नसक्दा ठूलो क्षति भएको कारण खुलाए ।

    थापाले लेखेका छन्, ‘कोरोना महामारीले आक्रान्त पारिरहेकै बेला अस्तिदेखिको वर्षाका कारण बाढीपहिरोले समेत जनजीवन अस्तव्यस्त बनाइरहेको छ । विभिन्न ठाउँमा जनधनको क्षति भएका खबर आएका छन्, जोखिमयुक्त ठाउँको जनजीवन त्राहिमान बनेको छ । विपद् जानकारी दिएर आउँदैन तर समयमै पूर्व तयारी गर्न नसक्दा ठूलो क्षति भइरहेको छ ।’

    उनले थप लेखेका छन्, ‘यस अवस्थामा बाढीपहिरोले प्रभावित स्थानमा अविलम्ब उद्धार, खोजी, उपचार, पुनःस्थापना र सुरक्षाको व्यवस्था गर्न तथा राहतको प्याकेज उपलब्ध गराउन साथै जोखिमयुक्त स्थानको पहिचान गरी प्रदेश र स्थानीय तहसँगको समन्वयमा तत्काल पूर्व सावधानी र सुरक्षाका उपाय अवलम्बन गर्न नेपाल सरकारसँग आग्रह गर्दछु । यस विपद्को अवस्थामा जो जहाँ छौं सुरक्षित रही स्थानीय तह र सुरक्षा निकायसंग समन्वय गरी आ–आफ्नो ठाँउमा उद्धार, खोजी, उपचार र राहातको लागि क्रियाशील रहन नेपाली कांग्रेसका सबै तहमा आवद्ध सम्पूर्ण साथीहरूलाई अपिल गर्दछु । पूर्व सावधानी अपनाऔं, आफू बचौं अरुलाई बचाऔं, विपद्मा परेकालाई सहयोग गरौं ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend