सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

फटाफट ‘एक्सन’ लिँदै कांग्रेसी मुख्यमन्त्री पोखरेल, संसदमा पत्र पठाएर अर्काे कदम !

फटाफट ‘एक्सन’ लिँदै कांग्रेसी मुख्यमन्त्री पोखरेल, संसदमा पत्र पठाएर अर्काे कदम !

  • मिडिया डबली
  • बुधवार, आषाढ २ २०७८

  • 11.3K
    SHARES

  • फटाफट ‘एक्सन’ लिँदै कांग्रेसी मुख्यमन्त्री पोखरेल, संसदमा पत्र पठाएर अर्काे कदम !

    काठमाडौं – नेपाली कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले फटाफट ‘एक्सन’ लिइरहेका छन् ।

    कम्युनिस्ट मुख्यमन्त्रीहरूले प्रदेश सभामा विश्वासको मत लिन डराउने र ढिलाइ गर्ने प्रवृत्ति देखिएका बेला मुख्यमन्त्री पोखरेलले छिट्टै विश्वासको मत लिने कदम चालेका छन् ।

    प्रदेश सभामा विश्वासको मत लिनका लागि मुख्यमन्त्री पोखरेलले संसद सचिवालयमा सूचना दर्ता गराइसकेका सरकारका प्रवक्ता तथा मन्त्री कुमार खड्काले बताएका छन् ।

    विश्वासको मत लिनुभन्दा कम्तिमा २ दिनअघि संसदमा जानकारी गराउनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्री पोखरेलले सचिवालयमा पत्राचार गरेका छन् ।

    नेपालको संविधानको धारा १६८(५) अनुसार गत शनिवार नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र संसदमा विश्वासको मत लिए हुने भएपनि मुख्यमन्त्री पोखरेलले कुनै ढिलाइ नगरी केही दिनमै विश्वासको मत लिने भएका छन् । पोखरेलले असार ४ गते नै विश्वासको मत लिने तयारी गरेका जनाइएको छ ।

    गण्डकी प्रदेश सरकारले मंगलबार मात्रै आगामी आवको बजेट सार्वजनिक गरेको छ । अघिल्लो दिन हतारहतारमा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । 

    नेकपा एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि उनी मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए । नयाँ मुख्यमन्त्रीको रुपमा नियुक्त पोखरेलले नियुक्तिकै दिन ५ सदस्यीय मन्त्रीमण्डल विस्तार गर्दै कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसदबाट १–१ जनालाई विना विभागीय मन्त्री बनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend