सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

जनता विपदमा परेपछि गण्डकीका मुख्यमन्त्री पोखरेलको तुरुन्तै ‘एक्सन’

जनता विपदमा परेपछि गण्डकीका मुख्यमन्त्री पोखरेलको तुरुन्तै ‘एक्सन’

  • मिडिया डबली
  • मंगलवार, आषाढ १ २०७८

  • 7.8K
    SHARES

  • जनता विपदमा परेपछि गण्डकीका मुख्यमन्त्री पोखरेलको तुरुन्तै ‘एक्सन’

    काठमाडौं – जनता विपदमा परेपछि गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तुरुन्तै ‘एक्सन’ लिएका छन् ।

    अविरल वर्षासँगै आएको बाढीबाट मनाङमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री पोरखेलले तत्काल उद्धार र राहतका जुट्न स्थानीय प्रशासनलाई निर्देशन दिए ।

    मुख्यमन्त्री पोखरेलले मनाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विष्णु लामिछाने र डीएसपी सुवास खड्कालाई आज मंगलवार फोन गरेर मर्स्याङ्दी नदीमा आएको बाढीका कारण डुबानमा परेका स्थानीय वासिन्दालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न निर्देशन दिए ।

    मुख्यमन्त्री पोखरेलले उद्धार तथा राहतको प्रबन्ध तत्काल गर्न आग्रह गर्दै अपुग भएका सामग्री प्रदेश सरकारले उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे । नासो गाउँपालिका–१ मा पर्ने तालगाउँ निरन्तरको वर्षाका कारण डुबानमा परेको छ ।

    मर्स्याङ्दी छेउमा रहेको तालगाउँका ६० घरमध्ये ३० घर डुबानमा परेका जनाइएको छ । मुख्यमन्त्री पोखरेलले सीडीओलाई फोन गरेर आवश्यक सहयोग प्रदेश सरकारले गर्ने र सुरक्षित बसोबासको बन्दोबस्त मिलाउन निर्देशन दिए ।

    स्थानीय वासिन्दा घर छाडेर बाहिर सुरक्षित ठाउँमा बसेकाले कुनै मानवीय क्षति नभएको मनाङका सीडीओ लामिछानेले बताए । उनले डुबानको खबरलगत्तै स्थानीयस्तरमा सुरक्षाकर्मी परिचालन भएका छन् ।

    मुख्यमन्त्री पोखरेलले अबका केही दिन लगातार वर्षा हुनेबारे जलवायु तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेकाले सतर्क रहन सबै प्रदेशबासीमा अनुरोध गरेका छन् ।

    मंगलवार विज्ञप्ति निकालेर पोखरेलले पहाडी भेगमा बाढीपहिरो र तराई तथा समथर क्षेत्रमा बाढीको खतरा रहेको बताउँदै सतर्क रहन आग्रह गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend