काठमाडौं – नेपाली कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेलले गुटउपगुटलाई मलजल गर्ने गरेको पाइएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आह्वान भइसकेको अवस्थामा नेता पौडेलको नेतृत्वमा छुट्टै गुटको भेला गरिएको छ ।
मंगलबार बिहान साढे ९ बजे कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पौडेल पक्षीय केन्द्रीय सदस्यको बैठक बसेको छ ।
पार्टीको १४ औं महाधिवेशनबारे पौडेलले आफूपक्षीय नेताहरूसँग छलफल गरेका हुन् । तर यसअघि पौडेल समेत सहभागी पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने प्रस्तावबारे निर्णय गरिसकेको छ ।
नेता पौडेलले जेठ १९ गते समेत आफ्नो गुटका नेताहरूसँग भर्चुअल बैठक गरेका थिए । पार्टीमा सामूहिक छलफल गर्न सकिने ठाउँ हुँदाहुँदै नेता पौडेलले गुटका कार्यक्रम गर्ने गरेका छन् ।
कोरोना र विकसित राष्ट्रिय राजनीतिका कारण महाधिवेशनको कार्यतालिका प्रभावित हुँदै आएको छ । यस्तो बेला कांग्रेसमा वर्तमान पदाधिकारीलाई यथावत राखेर नयाँ विधानले परिकल्पना गरेको थप पदाधिकारीको संख्या थपेर पार्टीभित्र आमसहमति खोज्ने विकल्पमाथि समेत छलफल भइरहेको छ ।
पार्टीका पदाधिकारीको बैठकले प्रस्ताव गरेको नयाँ कार्यतालिका अनुमोदन गर्न बिहीबार केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।