आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेससँग निहुँ खोज्ने सांसदको पद जोगाउने आदेश सर्वाेच्चबाट खारेज, पढ्नुहोस् पूर्णपाठ

कांग्रेससँग निहुँ खोज्ने सांसदको पद जोगाउने आदेश सर्वाेच्चबाट खारेज, पढ्नुहोस् पूर्णपाठ

  • मिडिया डबली
  • सोमवार, जेठ ३१ २०७८

  • 5.9K
    SHARES

  • कांग्रेससँग निहुँ खोज्ने सांसदको पद जोगाउने आदेश सर्वाेच्चबाट खारेज, पढ्नुहोस् पूर्णपाठ

    काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्नै लागेका बेला निहुँ खोजेर अवरोध गर्ने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको पद जोगाउने आदेश सर्वाेच्च अदालतले खारेज गरिदिएको छ ।

    सर्वोच्च अदालतले सोमबार गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाको सांसद पद खारेज गरेको हो । यसअघि सर्वाेच्चकै अन्तरिम आदेशले थापालाई पुनर्बहाली गरेको थियो ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले थापालाई यसअघि सांसद पदमा कायम गर्न दिइएको अन्तरिम आदेश खारेज गरिदिएको छ ।

    सर्वोच्च अदालतले दिएको थापालाई पुनर्बहाली गर्ने अन्तरिम आदेश खारेजीको माग गर्दै प्रदेशसभाका सभामुख नेत्रराज अधिकारी, प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाको तर्फबाट अलग–अलग पुनरावलोकन निवेदन सर्वाेच्चमा दर्ता भएका थिए ।

    राष्ट्रिय जनमोर्चाले कांग्रेसलाई समर्थन गरेको अवस्थामा थापाको समर्थन विना नै स्वतन्त्र सांसद दिपक मनाङेको समर्थनमा गण्डकी प्रदेशमा कांग्रेसको सरकार बनिसकेको छ । 

    undefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend