आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गण्डकीमा कांग्रेसको मुख्यमन्त्री बनाउन माधव नेपालको ठूलो हात र साथ, यस्तो रहेछ खेल !

गण्डकीमा कांग्रेसको मुख्यमन्त्री बनाउन माधव नेपालको ठूलो हात र साथ, यस्तो रहेछ खेल !

  • मिडिया डबली
  • शनिवार, जेठ २९ २०७८

  • 16.7K
    SHARES

  • गण्डकीमा कांग्रेसको मुख्यमन्त्री बनाउन माधव नेपालको ठूलो हात र साथ, यस्तो रहेछ खेल !

    काठमाडौं – गण्डकी प्रदेशमा शनिबार नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाल पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन् । तर उनलाई मुख्यमन्त्री बनाउनमा नेकपा एमालेका नेता माधवकुमार नेपालको भित्रि हात र साथ रहेको पाइएको छ ।

    केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवालाई खुलेरै प्रधानमन्त्रीमा समर्थन गरेका नेता नेपालले प्रदेशसम्मै सहकार्य गर्ने गरी देउवानिवास बुढानिलकण्ठमा सहमति गरेका थिए । सोही सहमति अनुसार गण्डकी प्रदेशमा माधव नेपाल समूहका सांसदले भूमिका खेल्दा कांग्रेसले मुख्यमन्त्री पाएको छ ।

    गण्डकी प्रदेशका नेपाल समूहका सांसद इन्द्रलाल सापकोटाले प्रदेशसभा विघटनतर्फ गएमा आफूले समर्थन नगर्ने र विद्रोह गर्ने धम्की दिएपछि तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभा विघटनको षड्यन्त्रबाट पछि हटेका बताइएको छ । एमालेभित्र नेपाल समूहको साथ पाएको भए गुरुङले एमालेबाट नियुक्ति पाएकी प्रदेश प्रमुख सिताकुमारी पौडेलमार्फत प्रदेशसभा नै विघटन गर्ने खेल बुनेका स्रोतले दाबी छ ।
     
    मुख्यमन्त्री गुरुङले आफू सत्ताबाट हट्नुपर्ने अवस्था आएमा प्रदेशसभा नै विघटन गर्ने योजना बनाएको चर्चा चलेपछि माधव समूहका सांसद सापकोटाले पार्टीमा चर्काे दबाब बढाएका थिए ।

    सापकोटाले विश्वासको मत लिँदा गुरुङलाई नै समर्थन र मतदान गरेको स्मरण गराउँदै प्रदेशसभा विघटन गरेमा विद्रोह गर्ने चेतावनी दिएका थिए ।

    प्रदेश प्रमुख पौडेलले नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समय सकिएर नियुक्तिमा ढिलाइ हुँदा कांग्रेससहित विपक्षी गठबन्धनले सडकमा धर्ना गरिरहँदा सांसद सापकोटाले मुख्यमन्त्रीलाई कडा चेतावनी दिएका थिए । मुख्यमन्त्री गुरुङ प्रदेशसभा विघटनका लागि ठिक्क परेर मन्त्रिपरिषद् बैठकका लागि मन्त्रीहरूलाई बोलाइसकेको अवस्थामा सांसद सापकोटाले कडा चेतावनी दिएपछि उनी पछि हटेका थिए ।

    एमाले सांसद सापकोटाले चेतावनी नदिएको भए गुरुङले प्रदेशसभा विघटनको सिफारिस गर्ने, प्रदेश प्रमुख पौडेलले त्यसलाई अनुमोदन गर्दै प्रदेशसभा विघटनको घोषणा गरेर मध्यावधि निर्वाचनको मिति घोषणा गर्ने अवस्था थियो । अहिले मुख्यमन्त्री बनेका पोखरेल सडक आन्दोलन र अदालतको चक्कर लगाउनुपर्ने अवस्था आउथ्यो । जसरी केन्द्रमा सभापति देउवाले सर्वाेच्च अदालतमा मुद्दा लडिरहनुपरेको छ ।

    प्रदेश प्रमुखले शुक्रवार सरकार गठन गर्न आह्वान गरेकै दिन कांग्रेस नेता पोखरेलसहित विपक्षी गठबन्धनका बहुमत ३१ सांसदले प्रदेश प्रमुखको कार्यालय पुगेर नयाँ मुख्यमन्त्री दाबी पेश गरेका थिए ।

    मुख्यमन्त्री गुरुङले गत जेठ २७ गते प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend