काठमाडौं – गण्डकी प्रदेशका नयाँ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।
नेपालीले आफूलाई समर्थन गर्ने दलहरूबाट १–१ जनालाई मन्त्री बनाउने भएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालबाट संसदीय दलका नेता हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने पक्का भएको स्रोतले जनाएको छ ।
सांसद मनाङेले समर्थन गरेकै कारण नयाँ सरकार गठन सम्भव भएकाले मनाङेलाई सुरूमै मन्त्री बनाउन लागिएको छ । मनाङेलाई युवा तथा खेलकुद मन्त्रालय दिने सम्भावना रहेको छ ।
जेठ १६ गते तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समेत मनाङेलाई युवा तथा खेलकुदमन्त्री बनाएका थिए ।
नेकपा माओवादी केन्द्रबाट को मन्त्री बन्ने भन्ने निश्चित भएको छैन । माओवादीबाट समेत मन्त्री नियुक्त हुनेछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।