सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

गण्डकीबाट कांग्रेसले रच्दैछ इतिहास, कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने पक्का

गण्डकीबाट कांग्रेसले रच्दैछ इतिहास, कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने पक्का

  • मिडिया डबली
  • शुक्रवार, जेठ २८ २०७८

  • 7.6K
    SHARES

  • गण्डकीबाट कांग्रेसले रच्दैछ इतिहास, कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने पक्का

    काठमाडौं – गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्रीका दाबी पेश गर्न आवश्यक बहुमत पुगेपछि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

    नेता नेपालीलाई नयाँ मुख्यमन्त्री बनाउन विपक्षी गठबन्धनले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेको छ ।

    कूल ६० सांसद रहेको गण्डकी प्रदेश सभामा बहुमत पुग्न ३१ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेस नेता नेपालीलाई मुख्यमन्त्री नियुक्तिका लागि सशरीर उपस्थित भएर प्रदेशसभाका ३१ सांसदले प्रदेश प्रमुख कार्यालयमा हाजिर भएका छन् ।

    नेता नेपालीलाई कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र १ स्वतन्त्र सांसदसहित ३१ सांसदले समर्थन गरेका छन् ।

    भोलि शनिवार नेता नेपाली मुख्यमन्त्री नियुक्त भएसँगै उनी कांग्रेसबाट पहिलो मुख्यमन्त्री बन्ने इतिहास रच्दैछन् । यसअघि कांग्रेसबाट कोही पनि मुख्यमन्त्री बनेका छैनन् ।

    तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा दिएका स्वतन्त्र सांसद दिपक मनाङेले समेत नेपालीलाई समर्थन गरेका छन् ।

    नेता नेपाली बहुमत सांसदलाई लिएर प्रदेश प्रमुख सिताकुमारी पौडेलको कार्यालयमा पुगेका हुन् । प्रमुख पौडेलले भोलि शनिवार दिउँसो ३ बजेसम्म दाबी पेश गर्ने समय दिएपनि कांग्रेसले आजै शुक्रवार दाबी पेश गरेको हो । 

    प्रदेश प्रमुख पौडेलकै अगाडि सांसदहरूको हस्ताक्षरको सनाखत गराउन आग्रह गरेपनि उनले ‘भोलि हेरौंला’ भनेर फिर्ता पठाएकी छन् । पौडेल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट हालै नियुक्त प्रदेश प्रमुख हुन् ।

    प्रदेश प्रमुख पौडेलसमक्ष बहुमत सांसदको हस्ताक्षर बुझाएसँगै नेता नेपाली मुख्यमन्त्री बन्ने पक्का भएको जनाइएको छ ।

    शुक्रवार दिउँसो ३ बजे प्रदेश प्रमुख सिताकुमारी पौडेलले संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा नियुक्तिका लागि दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न आह्वान गरेकी हुन् । पौडेलले भोलि शनिबार दिउँसोसम्मको समय दिएपनि तयारी अवस्थामा रहेका विपक्षी तत्कालै सरकार बनाउन अग्रसर भएका छन् ।

    प्रदेश प्रमुखबाट आह्वान भएको २ घण्टाभित्र विपक्षी गठबन्धन ३१ सांसदको समर्थन लिएर दाबी पेश गर्न पुगेको हो । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ जनाको समर्थन चाहिने भएपनि मुख्यमन्त्री पृथ्वीसुुब्बा गुरुङले बिहीवार २७ मत मात्रै पाएर विश्वासको मत पाउन सकेनन् । त्यसपछि नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अगाडि बढेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend