आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गण्डकीमा नयाँ मुख्यमन्त्री बन्न २४ घण्टे म्याद, कांग्रेसलाई अन्तिम मौका

गण्डकीमा नयाँ मुख्यमन्त्री बन्न २४ घण्टे म्याद, कांग्रेसलाई अन्तिम मौका

  • मिडिया डबली
  • शुक्रवार, जेठ २८ २०७८

  • 8.2K
    SHARES

  • गण्डकीमा नयाँ मुख्यमन्त्री बन्न २४ घण्टे म्याद, कांग्रेसलाई अन्तिम मौका

    काठमाडौं – नेकपा एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र संविधानको धारा १६८(५) बमोजिम नयाँ मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेकी छन् ।

    गण्डकीका मुख्यमन्त्री गुरुङले बिहीवार प्रदेश सभामा राखेको विश्वासको मत लिने प्रस्ताव अस्वीकृत भएपछि नयाँ मुख्यमन्त्री बनाउने प्रक्रिया अगाडि बढेको हो ।

    प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले प्रेस विज्ञप्ति जारी गर्दै शनिबार दिउँसो ३ बजेसम्मका लागि नयाँ मुख्यमन्त्रीमा दाबी गर्ने समय दिइएको जानकारी दिए ।

    नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नयाँ मुख्यमन्त्री छानेर सरकार बनाउन विपक्षी दलहरू तयारी अवस्थामा रहेका छन् । पोखरेलको नेतृत्वमा आवश्यक ३१ सांसद सशरीर उपस्थित भएर बहुमत रहेको दाबी गर्ने तयारी रहेको छ ।

    कूल ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) नेपाल र स्वतन्त्र सांसद दिपक मनाङेलाई जोड्दा ३१ सांसदको समर्थन पुग्छ ।

    शुक्रबारको प्रदेशसभा बैठकबाट जनमोर्चाका सांसद कृष्ण थापालाई फेरि पदमुक्त भएको सूचना वाचन भइसकेकाले हाल ३० सांसदको समर्थन भएपनि बहुमत पुग्ने अवस्था रहेको छ ।

    स्वतन्त्र सांसद दिपक मनाङेले युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा दिएर प्रदेशसभाको रक्षाका लागि विपक्षी गठबन्धनलाई सघाउने घोषणा गरिसकेका छन् ।

    gp.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend