आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अब गण्डकीमा कांग्रेसको सरकार ! दिपक मनाङेसहित बहुमत सांसदको समर्थन

अब गण्डकीमा कांग्रेसको सरकार ! दिपक मनाङेसहित बहुमत सांसदको समर्थन

  • मिडिया डबली
  • शुक्रवार, जेठ २८ २०७८

  • 7.3K
    SHARES

  • अब गण्डकीमा कांग्रेसको सरकार ! दिपक मनाङेसहित बहुमत सांसदको समर्थन

    काठमाडौं – नेकपा एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सभामा विश्वासको मत नपाएर स्वतः पदमुक्त भएपछि अब नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बन्ने देखिएको छ ।

    विपक्षी गठबन्धनमा ३० सांसदको समर्थन रहेका बेला स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे)ले समेत खुलेरै समर्थन गरेपछि अब कांग्रेस नेतृत्वको गठबन्धनमा स्पष्ट बहुमत पुगेको छ । कूल ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ ।

    बिहीबार मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदा उनको पक्षमा २७ र विपक्षमा ३० मत खसेको छ । मतदानमा स्वतन्त्र सांसद दिपक मनाङ सहभागी थिएनन् ।

    मन्त्री पदबाट राजीनामा दिएर विपक्षी गठबन्धनलाई सघाउने घोषणा मनाङेले गरेपछि विपक्षी गठबन्धनमा ३१ सांसदको समर्थन पुगेको छ । मनाङेको समर्थनसँगै गण्डकीमा विपक्षी गठबन्धनलाई बहुमत पुगेको छ ।

    प्रदेश प्रमुखबाट संविधानको धारा १६८(५)  अनुसारको मुख्यमन्त्री बन्न आह्वान भएलगत्तै बहुमतसहित दाबी गर्ने तयारी विपक्षी गठबन्धनको छ । विपक्षी गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरेको छ ।

    कांग्रेस नेता पोखरेललाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।

    गण्डकीमा विपक्षी गठबन्धनसँग कांग्रेसका १५, माओवादी केन्द्रका (सभामुखबाहेक) ११, राष्ट्रिय जनमोर्चाका ३ मध्ये २, जनता समाजवादी पार्टीका २ र दिपक मनाङे १ गरी ३१ मत पुगेको छ । कूल ६० सदस्यीय प्रदेशसभामा बहुमत पुग्न ३१ सांसदको समर्थन भए पुग्छ ।

    कुनै पनि पक्षमा बहुमत नपुगेर प्रदेशसभा विघटन हुने अवस्थामा आएपछि स्वतन्त्र सांसद मनाङेले विपक्षी गठबन्धनलाई सघाउने निधो गरेका छन् । मनाङे एमालेका मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका थिए । उनले मन्त्री पदबाट समेत राजीनामा दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend