आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

दिपक मनाङेले कित्ता फेरे, बहुमत पुर्‍याउन कांग्रेसलाई सघाउने घोषणा

दिपक मनाङेले कित्ता फेरे, बहुमत पुर्‍याउन कांग्रेसलाई सघाउने घोषणा

  • मिडिया डबली
  • बिहिवार, जेठ २७ २०७८

  • 7.6K
    SHARES

  • दिपक मनाङेले कित्ता फेरे, बहुमत पुर्‍याउन कांग्रेसलाई सघाउने घोषणा

    काठमाडौं – नेकपा एमालेको समर्थनमा प्रदेशसभा सदस्य निर्वाचित सांसद तथा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ (दीपक मनाङे) ले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा बहुमत पुर्‍याउने सहयोग गर्ने घोषणा गरेका छन् ।

    बहुमत नपुगेर नयाँ सरकार नबन्दा प्रदेशसभा नै विघटन हुने अवस्थामा कांग्रेस नेतृत्वको गठबन्धनमा बहुमत पुर्‍याउन सहयोग गर्ने मनाङेले जनाएका छन् ।

    एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने पूर्व सन्ध्यामा स्वतन्त्र सांसद समेत रहेका गुरुङले विपक्षी गठबन्धनलाई साथ दिने जनाएका छन् ।

    मन्त्री गुरुङले प्रदेश सभामा आवश्यक बहुमत पुर्‍याउन सहयोग गर्ने जनाएका छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउन ३१ सांसद आवश्यक पर्ने भएका छन् ।

    नेपाली कांग्रेस लगायत विपक्षी दललाई बहुमत पुर्‍याउन १ सांसद मात्रै आवश्यक रहेको छ । मन्त्री मनाङेले साथ दिने भएपछि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा बहुमत जुट्ने देखिएको छ ।

    मनाङेले आफ्नो साथ बहुमत पुर्‍याउने पक्षमा रहने नेकपा एमालेका सांसदहरु महेन्द्र थकाली र इन्द्रधारा विष्टसँग स्पष्ट पारेका छन् । 

    मुख्यमन्त्री गुरुङका पक्षमा एमालेका २७ सांसद मात्रै रहेका छन् । यस्तो अवस्थामा एमालेको पक्षमा बहुमत पुग्ने कुनै सम्भावना नरहेपछि गुरुङले कांग्रेसलाई समर्थन गर्ने जनाइएको छ ।

    प्रदेशसभा विघन हुन नदिन आफूले विपक्षीलाई सहयोग गर्ने निर्णय गरेको जनाइएको छ ।

    गण्डकी प्रदेशमा मन्त्री मनाङेसहित प्रदेश सरकारको पक्षमा २९ र विपक्षमा ३० मत रहेको छ । तर बहुमत जुटाउन ३१ मत आवश्यक पर्ने हुँदा सत्तापक्ष र विपक्ष दुवै गठबन्धन अल्पमतमा रहेका छन् । यस्तो अवस्थाले प्रदेशसभा विघटन हुने भएपछि प्रदेशसभा जोगाउन मनाङेले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन सहयोग गर्ने जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend