काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तह लगाउन बनेको विपक्षी गठबन्धन २ नम्बर प्रदेशमा भत्किएको छ ।
काठमाडौंमा बनेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपाल सहभागी गठबन्धनबाट माओवादी केन्द्र बाहिरिएको छ । २ नम्बर प्रदेशमा चाहेजति मन्त्रालय नपाएपछि लोभी माओवादीले गठबन्धन भत्काएको छ ।
गठबन्धनबाट बाहिरिँदै नेकपा माओवादी केन्द्रले जसपा नेतृत्वको २ नम्बर प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ । जसपासँग वार्ताका लागि गठित कार्यदलका सदस्य समेत रहेका प्रदेशसभा सदस्य जगत यादवले मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा माओवादी सहभागी नहुने बताएका छन् ।
‘अहिले भर्खर वार्ता सम्पन्न भएको छ । हामीले २ वटा मन्त्रालय मागेका थियौं तर एउटा त्यो पनि कानून तथा प्रदेशसभा मामिला मन्त्रालय मात्र दिने भनेर सरकारले भनेपछि हामीले सरकारमा नजाने निर्णय गरेका छौं,’ सांसद यादवले भने ।
यादवले जसपाबाट माओवादीलाई अपमानजनक व्यवहार भएको आरोप लगाए । यसअघि जसपाले माओवादीलाई २ मन्त्रालय दिने अनौपचारिक सहमति गरेपनि अहिले हेला गरेको माओवादीको निष्कर्ष छ ।
जसपा पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा गएपछि २ नम्बर प्रदेशमा ठाकुर पक्षका मन्त्री बर्खास्त गरेर जसपाको उपेन्द्र यादव पक्षले कांग्रेस र माओवादीसँग सत्ता सहकार्य गर्न खोजेको थियो । कांग्रेस ३ मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको छ भने माओवादी रिसाएको छ ।
२ नम्बर प्रदेश सरकारलाई आवश्यक बहुमत पुर्याउन र दलहरूबीच सहमति गराउन जसपा अध्यक्ष यादव यतिबेला प्रदेशमै रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।