आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

प्रचण्डबाट कांग्रेसलाई फेरि धोका ! भित्रभित्रै एमालेसँग मिलेर आफ्नै सरकार बनाउने तयारी

प्रचण्डबाट कांग्रेसलाई फेरि धोका ! भित्रभित्रै एमालेसँग मिलेर आफ्नै सरकार बनाउने तयारी

  • मिडिया डबली
  • मंगलवार, जेठ २५ २०७८

  • 8.1K
    SHARES

  • प्रचण्डबाट कांग्रेसलाई फेरि धोका ! भित्रभित्रै एमालेसँग मिलेर आफ्नै सरकार बनाउने तयारी

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलाई फेरि धोका दिने भएका छन् ।

    देशैभरि कांग्रेस र माओवादी मिलेर गइरहेका बेला प्रचण्ड फेरि नेकपा एमालेसँग मिलेर सरकार बनाउनेतर्फ लागेका छन् ।

    गण्डकी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बनाउने विपक्षी गठबन्धनबीच सहमति भइसकेको भएपनि प्रचण्डले एमालेसँग मिलेर माओवादीको मुख्यमन्त्री बनाउने चालबाजी गरिरहेका छन् ।

    कांग्रेसको नेतृत्वमा एमाले नआउने, एमाले नआई नयाँ सरकार नबन्ने र नयाँ सरकार नबने प्रदेशसभा विघटन हुने भन्दै प्रचण्डको निर्देशनमा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान आफ्नै नेतृत्वमा सरकार बनाउने खेलमा लागेका छन् । माओवादीले संसद विघटन हुन नदिन एमालेलाई फकाएर आफ्नै नेतृत्वमा सरकार बनाउने भनिरहेको छ ।

    दल नेता चुमानले माओवादीको सरकार बनाउनेबारे अध्यक्ष प्रचण्डसँग समेत कुराकानी भइसकेको बताए । प्रचण्ड गण्डकी प्रदेशमा कांग्रेसलाई धोका दिएर आफ्नै नेतृत्वमा सरकार बनाउनतिर लागेका छन् । प्रचण्डले गण्डकीबाट फेरि एमाले र माओवादीको सहकार्यको अभ्यास सुरु हुने बताउन थालेका छन् ।

    प्रदेश सभामा अल्पमतमा रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाउने भएकाले त्यसपछि नयाँ सरकार गठनको अभ्यास हुनेछ । त्यो अवधिमा माओवादीले एमालेलाई फकाएर आफ्नै सरकार बनाउने खेल थालेको छ । यसअघि माओवादी लगायत विपक्षी गठबन्धनले कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति गरेका थिए ।

    मुख्यमन्त्री गुरुङले प्रदेश सभामा विश्वासको मत ३१ मत आवश्यक पर्छ । गुरुङसँग एमालेका २७ र स्वतन्त्र सांसद दीपक मनाङे गरी २८ मत छ । राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले पनि समर्थन गरेमा गुरुङको पक्षमा २९ मत मात्रै पुग्ने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend