काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सहभागी भएपछि जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र विवाद चर्किएका बेला २ नम्बर प्रदेशमा नेपाली कांग्रेस सरकारमा जाने भएको छ ।
जसपाको महन्थ ठाकुर पक्ष ओली सरकारमा गएपछि अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले प्रदेश सरकारबाट ठाकुर पक्षका मन्त्रीलाई बर्खास्त गरेको थियो ।
ठाकुर पक्षलाई बर्खास्त गरेर अध्यक्ष यादवले नेपाली कांग्रेस र माओवादी केन्द्रको साथ खोजिरहेका छन् । जसमध्ये नेपाली कांग्रेसले जसपालाई साथ दिँदै सरकारमा सहभागिता जनाउने भएको छ ।
मंगलबार जसपा र कांग्रेसबीच भएको वार्तामा सरकारमा सहभागी हुने सहमति जुटेको स्रोतले जनाएको छ ।
दुवै पार्टीबीच सहमति भएसँगै काँग्रेसबाट थपिने मन्त्रीहरूको भोलि बुधवार शपथ ग्रहण कार्यक्रम राखिएको छ ।
केन्द्रमा बनेको विपक्षी गठबन्धनका दलहरू मिलेर २ नम्बर प्रदेशमा सरकार कायम रहने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।