आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेकपा एमालेले देशभरका कार्यकर्तालाई दियो यस्तो निर्देशन, के छ तयारी ? 

नेकपा एमालेले देशभरका कार्यकर्तालाई दियो यस्तो निर्देशन, के छ तयारी ? 

  • मिडिया डबली
  • मंगलवार, जेठ २५ २०७८

  • 5.8K
    SHARES

  • नेकपा एमालेले देशभरका कार्यकर्तालाई दियो यस्तो निर्देशन, के छ तयारी ? 

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेले पार्टी संगठन सम्बन्धमा देशभरका कार्यकर्तालाई निर्देशन दिएको छ ।

    असार मसान्तभित्र सदस्यता नवीकरण र नयाँ सदस्यता आवेदन टुंग्याउन एमालेले मातहतका कमिटीलाई निर्देशन दिएको हो ।

    एमालेले असार मसान्तभित्र सदस्यको विवरण अद्यावधिक गर्न निर्देशन दिएको काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईले बताएका छन् ।

    ‘असार मसान्तसम्ममा पार्टी सदस्यता नवीकरण तथा नयाँ पार्टी सदस्यहरुको आवेदन फाराम भरी अद्यावधिक गरी प्रदेश संगठन कार्यालयमा पठाइसक्न निर्देशन दिइएको छ,’ राईले भनेका छन् ।

    पार्टी एकीकरण पूर्व एमालेले झण्डै ५ लाख क्रियाशील र संगठित सदस्य रहेको जिकिर गर्दै आएको छ तर एकीकरणयता सदस्यता नवीकरण हुन सकेको छैन । 

    अहिले महाधिवेशन लक्षित गरेर सदस्यता नवीकरण थालिएको जनाइएको छ । एमालेले आगामी मंसिरमा महाधिवेशनको तिथि तय गरेको छ । मंसिर २–६ गतेसम्म १० औं महाधिवेशन गर्ने एमालेको योजना रहेको छ ।

    नेकपा एमाले विवाद उत्कर्षमा रहेको तथा झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले अदालतको फैसलाअनुरुप जेठ २ गतेकै संरचनाअनुसार पार्टी सञ्चालन हुनुपर्ने अडान राखिरहेका बेला सदस्यता नवीकरण विवादमा पर्ने देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend