आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अब कांग्रेस र माओवादीको भाग्य खुल्यो ! 

अब कांग्रेस र माओवादीको भाग्य खुल्यो ! 

  • मिडिया डबली
  • सोमवार, जेठ २४ २०७८

  • 6.4K
    SHARES

  • अब कांग्रेस र माओवादीको भाग्य खुल्यो ! 

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको प्रदेश २ सरकारबाट १ मन्त्री र ४ राज्यमन्त्री बर्खास्त गरिएपछि अब नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको भाग्य खुलेको छ ।

    काठमाडौंबाट गएर जनकपुरमा डेरा जमाएका जसपा अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई प्रदेश सरकारमा ल्याउन वार्ता गरिरहेका छन् ।

    कांग्रेसबाट २ जना र माओवादी केन्द्रबाट १ जना गरी ३ जनालाई छिट्टै शपथ गराउने तयारी भइरहेको छ । कांग्रेस र माओवादी केन्द्रले सरकारमा आउने सहमति जनाइसकेकाले कुन–कुन मन्त्रालय दिने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

    नेपाली कांग्रेसबाट रामसरोज यादव र माओवादी केन्द्रबाट भरत साहको नेतृत्वमा सरकारमा जाने लगभग तय भएको जनाइएको छ ।

    कांग्रेस धनुषाका सभापति सरोज यादवले जसपा र कांग्रेसबीच सरकारमा जानेबारे वार्ता चलिरहेको छ । जसपाबाट ३ र कांग्रेसबाट ३ गरी ६ सदस्यीय कार्यदल गठन गरी वार्ता भइरहेको यादवले बताए ।
     
    प्रदेश सरकारमा मन्त्रालय संख्या बढाएर १० पुर्‍याउने तयारी भइरहेको छ । यसअघि ६ वटा मन्त्रालय रहेका थियो । अब ४ वटा थपेर १० वटा बनाउने तयारी भइरहेको छ ।

    उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा कानून र भौतिक पूर्वाधार विकास मन्त्रालयलाई टुक्र्याएर थप ४ वटा मन्त्रालय बनाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend