काठमाडौं – गत प्रनिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सत्ताबाहिर रहेको नेपाली कांग्रेस कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको कम्युनिस्ट सरकारमा जाने भएको छ ।
नेपाली कांग्रेसको तर्फबाट भोलि आईतबार २ जना मन्त्रीले शपथ लिने भएका छन् । कांग्रेसको भागमा परेको सामाजिक विकास मन्त्रालयमा यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा दीनबन्धु श्रेष्ठले शपथ लिने भएका छन् ।
सुर्खेत जिल्लाका बिसी र जुम्ला जिल्लाका श्रेष्ठ दुबै समानुपातिकबाट निर्वाचित सांसद हुन् । कांग्रेस संसदीय दलको बैठकले मन्त्रिपरिषद्मा सहभागी हुने निर्णय गरेको जलस्रोत तथा ऊर्जा मन्त्री हुन लागेका श्रेष्ठले बताए ।
‘संसदीय दलले हामी २ जनालाई मन्त्रीमण्डलमा सहभागी बनाउने निर्णय गरेको छ, आईतवार शपथ हुन्छ,’ उनले भने ।
नेकपा एमालेले गत चैतको पहिलो हप्ता मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसले सघाएको थियो । बैशाख ३ गते विश्वासको मत लिने क्रममा शाहीको पक्षमा कांग्रेसले मतदान गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।