आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मन्त्रिपरिषद् पुनर्गठन ‘फैसला’सम्मलाई २–४ दिनको घामछायाँ : कांग्रेस

मन्त्रिपरिषद् पुनर्गठन ‘फैसला’सम्मलाई २–४ दिनको घामछायाँ : कांग्रेस

  • मिडिया डबली
  • शनिवार, जेठ २२ २०७८

  • 6.3K
    SHARES

  • मन्त्रिपरिषद् पुनर्गठन ‘फैसला’सम्मलाई २–४ दिनको घामछायाँ : कांग्रेस

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनलाई ‘२–४ दिनको घामछायाँ’ भएको टिप्पणी गरेका छन् ।

    प्रधानमन्त्री ओलीले शुक्रबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेपछि ट्वीटमार्फत प्रतिक्रिया जनाउँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समस्याको जड प्रधानमन्त्री नै भएकाले मन्त्री फाल्नु र पाल्नुको अर्थ नभएको जनाएका छन् ।

    सर्वोच्च अदालतले फैसला नदिँदासम्म मन्त्रिपरिषद्को पुनर्गठनलाई २–४ दिनको घामछायाँसँग तुलना गरेका छन् ।

    प्रवक्ता शर्माले कलेजोमा रहेको क्यान्सरको निदान बूढी औलामा शिवाजल गोली दलेर नहुने बताए । उनले लेखेका छन्, ‘पुनर्गठनमा टिप्पणी प्रधानमन्त्रीकै भाषामा – कलेजोमा छ क्यान्सर बूढी औंलामा सिवाजल गोली ! समस्या प्रधानमन्त्रीमै छ ! न मन्त्री फाल्नु समाधान हो न पाल्नु ! ‘फैसला’सम्मलाई २–४ दिनको घामछायाँ !’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend