आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसका २ सांसद मन्त्री बन्दै, यी मन्त्रालय दिने सहमति

कांग्रेसका २ सांसद मन्त्री बन्दै, यी मन्त्रालय दिने सहमति

  • मिडिया डबली
  • बिहिवार, जेठ २० २०७८

  • 6.4K
    SHARES

  • कांग्रेसका २ सांसद मन्त्री बन्दै, यी मन्त्रालय दिने सहमति

    काठमाडौं – नेपाली कांग्रेसका २ जना सांसद मन्त्री बनेर सरकारमा सहभागी हुने भएका छन् ।

    कर्णाली प्रदेश सरकारमा खाली रहेका २ मन्त्रालय सम्हाल्ने गरी नेपाली कांग्रेस सरकारमा जाने भएको हो ।

    कांग्रेसले सामाजिक विकास मन्त्री र जलस्रोत तथा ऊर्जामन्त्री पाउने भएको छ ।

    मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको मन्त्रिमण्डलमा कांग्रेस सहभागी हुने संसदीय दलका नेता जीवनबहादुर शाहीले बताएका छन् । शाहीले भने, ‘खाली रहेका २ मन्त्रालय कांग्रेसको भागमा परेका छन् ।’

    नेपाली कांग्रेसबाट दिनबन्धु श्रेष्ठ र यज्ञबहादुर बिसी मन्त्रिमण्डलमा सहभागी हुँदैछन् । श्रेष्ठले जलस्रोत तथा ऊर्जा र बिसीले सामाजिक विकास मन्त्रालय सम्हाल्ने स्रोतले जनाएको छ ।

    मन्त्रालयको जिम्मेवारी र शपथको अन्तिम टुंगो साँझ लाग्ने नेपाली कांग्रेस सांसद श्रेष्ठले बताएका छन् ।

    कांग्रेसका दुबै जना समानुपातिक सांसद रहेका छन् । श्रेष्ठ जुम्ला र बिसी सुर्खेतबाट समानुपातिक सांसद बनेका हुन् ।

    मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा कांग्रेसले पक्षमा मतदान गरेर सहयोग गरेको थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend