काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडाले कोभिड–१९ संक्रमणको दोस्रो लहर रोकथामका लागि ओखलढुंगामा स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
नेता खतिवडा ९५ हजार सर्जिकल मास्क, २ हजार एन ९५ मास्क, ४५० लिटर स्यानिटाइजर, १५ वटा पीपीई सेट र १ हजार ५०० वटा हातधुने साबुन स्वास्थ्य सामग्रीहरू बोकेर ओखलढुंगा पुगेका हुन् ।
खतिवडाले भने, ‘यस्तो अप्ठ्यारो बेला सबैले घरमै आए हुन्थ्यो भन्ने थियो र मलाई पनि सकेसम्म सबैको घरमा पुग्ने रहर थियो तर यो बेला समय, परिस्थिति प्रतिकूल छ, लकडाउनको बेला लुखुरलुखुर कुद्नु पनि नमिल्ने । त्यसैले मनभरि सबैसँग भेट्ने रहरहरू हुँदाहुँदै पनि सकिएन,’ उनले भने ।
ओखलढुंगामा कोरोनाले जनधनको क्षति नहोस् भनेर खतिवडाले सम्पूर्ण ओखलढुंगाली जनताहरू आमाबुवा समान भएकाले सक्ने कर्तव्य पालना गरेको बताए ।
नेता खतिवडाले ल्याएका सम्पूर्ण स्वास्थ्य सामग्रीहरू ७५ वटै वडामा १ हजार सर्जिकल मास्क र ५ लिटरको दरले स्यानिटाइजर प्रत्येकले पाउने गरी र एन ९५ मास्क, बाँकी सर्जिकल मास्क र हातधुने साबुनहरू स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई दिने गरी जिल्ला प्रशासन कार्यालयमा जिम्मा लगाइको थियो ।
नेता खतिवडाले ७ लाख रुपैयाँ बराबरका स्वास्थ सामग्री ल्याएका र बिहीबारै काठमाडौं फर्किने कार्यक्रम रहेको खतिवडाका स्वकीय सचिव हुकुम राईले जानकारी दिए ।
कोभिडको यस्तो परिस्थितिमा ओखलढुंगामा मन्त्री माननीयहरू धेरै भए पनि पुरै बेवास्ता गरिरहेको बेला अभिभावक बनेर हौसला दिएकोमा खतिवडालाई स्थानीयले धन्यवाद दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।