आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेमा रडाको मच्चिएपछि यस्तो प्रेस वक्तव्य जारी

एमालेमा रडाको मच्चिएपछि यस्तो प्रेस वक्तव्य जारी

  • मिडिया डबली
  • बिहिवार, जेठ २० २०७८

  • 4.8K
    SHARES

  • एमालेमा रडाको मच्चिएपछि यस्तो प्रेस वक्तव्य जारी

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेभित्र विवाद चर्किएका बेला अर्काे रडाको मच्चिएको छ ।

    एमालेमा कारवाहीमा गरेर पार्टीबाट निष्कासित गरिएका माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठक बोलाएपछि रडाको मच्चिएको हो ।

    नेकपा एमालेले झलनाथ खनाल–माधवकुमार नेपाल समूहले असंवैधानिक तवरले बैठक बोलाएको जनाउँदै सहभागी नहुन निर्देशन जारी गरेको छ ।

    नेता खनाल–नेपाल समूहले आज बिहीवार भर्चुअल बैठक राखेको छ ।

    पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गरेर केन्द्रय सदस्यहरुलाई अवैध बैठकमा सहभागी नहुन सूचित गरेका छन् ।

    तामाङद्वारा जारी वक्तव्यमा लेखिएको छ, ‘अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा एमालेको वैधानिक व्यवस्था विपरीत पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ, त्यस्तो क्रियाकलापको निन्दा एवं भत्र्सना गर्दछु । पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरूलाई पार्टीको विधान र मुलुकको कानून विपरीतको त्यस्ता क्रियाकलापमा सहभागी नहुन सूचित गर्दछु ।’

    stt.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend