सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

महेश बस्नेतले कांग्रेस फुटाइदिन्छु भनेको केही दिनमै रामचन्द्र पौडेलले बोलाए छुट्टै बैठक, के हुँदैछ ?

महेश बस्नेतले कांग्रेस फुटाइदिन्छु भनेको केही दिनमै रामचन्द्र पौडेलले बोलाए छुट्टै बैठक, के हुँदैछ ?

  • मिडिया डबली
  • बुधवार, जेठ १९ २०७८

  • 7.1K
    SHARES

  • महेश बस्नेतले कांग्रेस फुटाइदिन्छु भनेको केही दिनमै रामचन्द्र पौडेलले बोलाए छुट्टै बैठक, के हुँदैछ ?

    काठमाडौं – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले नेपाली कांग्रेस पार्टी फुटाइदिने विवादित अभिव्यक्ति दिएको केही दिनपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय सदस्यहरूको छुट्टै बैठक बोलाएका छन् ।

    पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको १४औं महाधिवेशनका सन्दर्भमा आज बुधबार दिउँसो २ बजे संस्थापन इतर पक्षीय केन्द्रीय सदस्यहरूबीच भर्चुअल बैठक हुने भएको हो ।

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता कृष्णप्रसाद सिटौला र आफू पक्षीय केन्द्रीय सदस्यसँग छलफल गर्न लागेका केन्द्रीय सदस्य जीवन परियारले बताए ।

    कोरोना महामारी र क्रियाशील सदस्यताको काममा देखिएको ढिलासुस्तीले आगामी भदौ ७–१० का लागि निर्धारित महाधिवेशन प्रभावित हुने परिस्थिति बन्दै गएपछि नेता पौडेलले संस्थापन इतर पक्षसँग छलफल गर्दैछन् ।

    जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना दिवसमा पौडेलले विषम परिस्थितिमा महाधिवेशनका लागि २ विकल्प अगाडि सारेका थिए । अहिले जति क्रियाशील सदस्य छन्, तिनैबाट महाधिवेशन गर्ने सकिने पौडेलको पहिलो विकल्प थियो । अर्काे, १३ औं महाधिवेशनका महाधिवेशन प्रतिनिधिबाटै पनि नयाँ नेतृत्व चयन गर्न सकिने दोस्रो विकल्प समेत उनले अगाडि सारेका छन् ।

    महाधिवेशनका विषयमा शुरूमा आफूपक्षीय नेताहरूसँग छलफल गरेर आगामी जेठ २४ गते बस्ने पदाधिकारी बैठकमा औपचारिक रूपमा प्रस्ताव लैजाने पौडेल पक्षको तयारी रहेको स्रोतले जनाएको छ ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन बाध्यात्मक अवस्थामा समेत हुन नसक्ने परिस्थिति बनेपछि विकल्पको खोजी हुँदैछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend