आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसका २३ सांसदले पार्टी फुटाइदिने महेश बस्नेतको घोषणा

कांग्रेसका २३ सांसदले पार्टी फुटाइदिने महेश बस्नेतको घोषणा

  • मिडिया डबली
  • सोमवार, जेठ १७ २०७८

  • 8.9K
    SHARES

  • कांग्रेसका २३ सांसदले पार्टी फुटाइदिने महेश बस्नेतको घोषणा

    काठमाडौं – नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले नेपाली कांग्रेसका २३ सांसदले पार्टी फुटाइदिने तयारी गरेको घोषणा गरेका छन् ।

    युवासंघ नेपालको कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै नेता बस्नेतले कांग्रेस र माओवादी केन्द्र पार्टीलाई फुटाइदिने बताए ।

    नेकपा माओवादी केन्द्रका २५ सांसद समेत पार्टी विभाजन गर्ने तयारीमा लागेको समेत बस्नेतले बताए ।

    कार्यक्रममा नेता बस्नेतले भने, ‘हिजो एमालेविरुद्ध सत्तोसराप गर्ने नारायणकाजी श्रेष्ठ, जनार्दन शर्माहरू एमालेसँग एकता गर्नुपर्छ भन्ने कुरा गरिरहेका छन् । उनीहरूले जस्तो षड्यन्त्रपूर्ण ढंगले जाने हो भने कांग्रेस भित्रका २३ भन्दा बढी सांसदहरू कांग्रेस विभाजन गर्ने तहमा छलफल गरेका छन् । माओवादी भित्रका २५/२६ सांसदहरू प्रचण्डबाट पार लाग्दैन, अब तोड्नुपर्छ भनेर लागिरहेका छन् । हामीले उहाँहरूको जस्तो हर्कत गर्ने हो भने दुबै दलमा विभाजन गर्न सक्ने हैसियतमा छौं हामी ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend