आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आज कांग्रेस र एमालेको घमासान भिडन्त, कसले मार्ला बाजी ?

आज कांग्रेस र एमालेको घमासान भिडन्त, कसले मार्ला बाजी ?

  • मिडिया डबली
  • सोमवार, जेठ १७ २०७८

  • 13.6K
    SHARES

  • आज कांग्रेस र एमालेको घमासान भिडन्त, कसले मार्ला बाजी ?

    काठमाडौं – सत्तारुढ नेकपा एमाले र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच आज सोमबार लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा चुनावी भिडन्त हुँदैछ ।

    लुम्बिनीबाट रिक्त राष्ट्रियसभा सदस्य पदमा आज चुनाव हुने र सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

    दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा आज सोमबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म  मतदानको कार्यक्रम रहेको छ ।

    जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले ३ वटा मतदान केन्द्र बनाइएका जानकारी दिए ।

    ‘क’, ‘ख’ र ‘ग’ मतदान केन्द्रमध्ये ‘ग’ कोरोना संक्रमित रहेका जनप्रतिनिधिका लागि मतदान गर्ने केन्द्र रहेको छ । राष्ट्रियसभा उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहन्छन् ।

    आज सोमबारै मतपरिणाम आउने सम्भावना रहेको छ । मतदान सकिएलगत्तै मतगणनाको व्यवस्थापन मिलाइएको आयोगले जनाएको छ ।

    नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा निर्वाचित राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का नेकपा एमालेमा प्रवेश गरेपछि पद रिक्त भएको थियो । नेकपा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ । खड्कालाई जसपाको महन्थ ठाकुर पक्षले समर्थन गरेको छ ।

    विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दृगनाराय पाण्डे उम्मेदवार रहेका छन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधवकुमार नेपाल पक्षले समर्थन गरेको छ । पाण्डे हालै नेकपा एमाले छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । 

    लुम्बिनीमा ८३ प्रदेशसभा सदस्य रहेका छन् । निर्वाचन आयोगले आईतवार अपराह्न जसपाका ४ जना सांसदलाई पुरक मतदानको अधिकार समेत दिएको छ ।

    उपनिर्वाचनमा १ जना प्रदेशसभा सदस्यको मतभार ४८ रहन्छ । ८३ जनाको कूल मतभार ३ हजार ९८४ रहेको छ । 

    स्थानीय तहका प्रमुख/उपप्रमुख गरी २१७ मतदाता रहेका छन् । स्थानीय जनप्रतिनिधिको कूल मतभार ३ हजार ९०६ रहेको छ । प्रदेश र स्थानीय तह जोडेर कूल मतभार ७ हजार ८९० रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend