आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कम्युनिस्ट सरकारमा उथलपुथल भएपछि कांग्रेसको आकस्मिक बैठक बस्यो

कम्युनिस्ट सरकारमा उथलपुथल भएपछि कांग्रेसको आकस्मिक बैठक बस्यो

  • मिडिया डबली
  • आइतवार, जेठ १६ २०७८

  • 6.1K
    SHARES

  • कम्युनिस्ट सरकारमा उथलपुथल भएपछि कांग्रेसको आकस्मिक बैठक बस्यो

    काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको सुदूरपश्चिम प्रदेश सरकारमा उथलपुथल भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आकस्मिक बैठक बसेको छ ।

    कांग्रेसको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठक बसेर सरकारका कामकारवाही र प्रतिपक्षी दलको भूमिका लगायत विषयमा छलफल गरिरहेको छ ।

    प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा एमाले र माओवादीका नयाँ मन्त्री थप्दै प्रदेश सरकार पुनर्गठन गरेका थिए । नेकपा एमालेभित्र विवाद चर्किरहेको र केन्द्रले समर्थन फिर्ता लिन दिएको निर्देशन विपरीत नयाँ मन्त्रीले शपथ खाएपछि कांग्रेसको बैठक बसेको हो ।

    जारी बैठकमा गत शुक्रवार प्रदेश सरकारले विस्तार गरेको मन्त्रिमण्डल, पछिल्लो राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल भइरहेको संसदीय दलका नेता डा. रणबहादुर रावलले जानकारी दिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend