काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानिलकण्ठ पुगेका छन् ।
सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै प्रतिनिधिसभा विघटनविरुद्ध अदालत पुगेका बेला विपक्षी गठबन्धनका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
कांग्रेस सभापति देउवा निवास बुढानिलकण्ठमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।
छलफलमा कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता कृष्णबहादुर महरा, एमालेबाट माधवकुमार नेपाल, भीम रावल तथा जसपाबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव लगायत सहभागी भएका छन् ।
प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा सर्वोच्चमा अगाडि बढिसकेको अवस्थामा भावी रणनीति तय गर्न नेताहरु छलफलमा जुटेका जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।