काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट सरकारले जनता झुक्याउने बजेट ल्याएको जनाएको छ ।
कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले बजेटमार्फत् फेरि जनता झुक्याउने काम गरेको टिप्पणी गरे ।
डा. महतले सरकारको आजको बजेट भााषणप्रति लक्षित गर्दै भनेका छन्, ‘सरकारका यी गफबाट जनता अब झुक्किने छैनन् ।’
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषण जारी राखेका बेला डा. महतले फेसबुकमार्फत् भनेका छन्, ‘संसद छलेर गैरसंवैधानिक ढंगले सत्तामा निरन्तरता पाएको ओली सरकारले रिसाएका जनताहरूलाई बजेटमार्फत सबै गर्छु भनेर फेरि एक पटक झुक्याउने प्रयास गरेको छ तर अब भने जनता कदापि झुकिन्नन् ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।