आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

फेरि एमाले हार्ने दिन नजिकिँदै, कांग्रेसको सानदार जीत !

फेरि एमाले हार्ने दिन नजिकिँदै, कांग्रेसको सानदार जीत !

  • मिडिया डबली
  • शनिवार, जेठ १५ २०७८

  • 8.2K
    SHARES

  • फेरि एमाले हार्ने दिन नजिकिँदै, कांग्रेसको सानदार जीत !

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेतृत्व हाँकेपछि एकपछि अर्काे विवादमा परेर पार्टी पराजित हुँदै आएको छ ।

    बाग्मती प्रदेश तर्फको राष्ट्रियसभा सदस्यका एमाले उम्मेदवार रामबहादुर थापा ‘बादल’ पराजित भएर स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएको केही हप्तापछि फेरि लुम्बिनी प्रदेशमा एमाले पराजित हुने दिन नजिकिँदैछ ।

    लुम्बिनी प्रदेशतर्फको रिक्त १ सदस्य छान्न हुने राष्ट्रियसभा उपनिर्वाचनमा २९६ मतदाताले मात्रै मतदान गर्ने भएका छन् । निर्वाचन जेठ १७ गतेमा हुँदैछ ।

    निर्वाचन आयोगले तयार गरेको अन्तिम मतदाता नामावली अनुसार सो प्रदेशका ८७ प्रदेशसभा सदस्यमध्ये ७९ जनाले मात्रै मतदानमा सहभागी हुन पाउने छन् । अन्य ८ सांसद भने विभिन्न दलबाट कारबाहीमा परेकाले मतदानमा सहभागी हुन पाउने छैनन् । अन्तिम मतदाता नामावलीमा उनीहरुको नाम समावेश छैन ।

    नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष गरी २१७ मतदाताले उपनिर्वाचनमा मतदान गर्नेछन् । उपनिर्वाचनका लागि नेकपा एमालेबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका दृगनारायण पाण्डे उम्मेदवार बनेका छन् ।

    नेकपा माओवादी केन्द्रबाट निर्वाचित खड्का एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गर्दा उनको पद रिक्त भएको थियो । सोही रिक्त पदमा हुन लागेको उपनिर्वाचनमा एमालेले खड्कालाई उम्मेदवार बनाएको छ ।

    अर्का उम्मेदवार पाण्डे नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसाप) र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनका उम्मेदवार हुन् । उनी एमाले लुम्बिनी प्रदेशसभा सदस्य त्यागेर कांग्रेस प्रवेश गरेका थिए । विपक्षी गठबन्धनले पाण्डेलाई नै उम्मेदवारको बनाएको छ । लुम्बिनीमा विपक्षी गठबन्धन एकदमै बलियो रहेकाले पाण्डेको सानदार जीत हुने जनाइएको छ ।

    अन्तिम मतदाता नामावलीअनुसार प्रदेश सभामा ७९ सदस्य छन् । जसमा एमालेका ३८, कांग्रेसका १९, माओवादीका १९ (सभामुखसहित), जसपाका २ र राजमोका १ सांसद रहेका छन् ।

    पार्टीको निर्णय नमानेको भन्दै जसपाको उपेन्द्र यादव पक्षले प्रदेश सांसद सन्तोषकुमार पाण्डेय, विजय यादव, कल्पना पाण्डेय र सुमन शर्मा रायमाझीलाई कारवाही गरेको थियो । हाल लुम्बिनीमा मन्त्री रहेका उनीहरुले मतदान गर्न भने पाउने छैनन् ।

    निर्वाचन आयोग प्रवक्ता राजकुमार श्रेष्ठले ती सदस्यलाई पार्टीले कारवाही गरेको पत्र प्रदेश सभाले आयोगलाई पठाएको तर सर्वोच्च अदालतले कारवाही नगर्न दिएको आदेशको पत्र नपठाएकाले अन्तिम नामावलीमा नाम समावेश नभएको बताएका छन् ।

    विभिन्न दलबाट कारवाहीमा परेका अन्य ४ जना प्रदेशसभा सदस्यले पनि मतदान गर्न पाउने छैनन् ।

    स्थानीय तहतर्फ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिका प्रमुख र उपप्रमुख गरी २१७ मध्ये एमालेका ९४, कांग्रेसका ६३, माओवादीका ३६, जसपाका १३, जनमोर्चाका ५, राप्रपाका २ र स्वतन्त्र ४ जना छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ गणना हुनेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend