आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेका यी मन्त्रीले अकस्मात दिए राजीनामा, सरकारमा उथलपुथल

एमालेका यी मन्त्रीले अकस्मात दिए राजीनामा, सरकारमा उथलपुथल

  • मिडिया डबली
  • शुक्रवार, जेठ १४ २०७८

  • 24.5K
    SHARES

  • एमालेका यी मन्त्रीले अकस्मात दिए राजीनामा, सरकारमा उथलपुथल

    काठमाडौं – नेकपा एमालेभित्र असन्तुष्टि बढिरहेका बेला सरकारमा सहभागी १ मन्त्रीले राजीनामा दिएका छन् ।

    सुदूरपश्चिम प्रदेश सरकारमा एमालेबाट मन्त्री रहेका कृष्णराज सुवेदीले राजीनामा दिएका हुन् । उनी सामाजिक विकास मन्त्री रहेका थिए ।

    प्रदेश सरकारमै रहेकी पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले समेत राजीनामा दिने तयारी रहेको स्रोतले जनाएको छ ।

    एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बैठकले प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिएको भएपनि नयाँ मन्त्री थपेर सरकारलाई झन् मजबुत बनाउने तयारी भइरहेका बेला मन्त्रीको राजीनामा आएको छ ।

    मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिरहेका जनाइएको छ । सरकारमा भएका केही मन्त्रीले राजीनामा दिएर नयाँ मन्त्री नियुक्त गर्ने तयारी रहेको छ ।

    नयाँ मन्त्री हुनेमा पूर्णा जोशी, अर्चना गहतराज, जुनकुमारी चौधरी, दीर्घ सोडारीको नाम चर्चामा रहेको छ । नेकपा माओवादी केन्द्रबाट समेत प्रदेश सरकारमा नयाँ मन्त्री थपिने सम्भावना रहेको स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend