काठमाडौं – जेठ १५ गते बजेट ल्याउने मिति नजिकिँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुरगामी महत्त्वका निर्णय नलिन कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सुझाव दिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार वक्तव्य जारी गर्दै दुरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई खबरदारी गरेका छन् ।
‘वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसिन छ । संसदीय प्रक्रियालाई छलेर दुरगामी प्रकृतिका निर्णयहरू लिँदैछ । सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पनि दुरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न म सरकारलाई खबरदारी गर्दछु,’ देउवाले लेखेका छन्, ‘सरकारको नेतृत्वलाई सरकारी संयन्त्रको दुरूपयोग नगर्न र सरकारी संयन्त्रमा कार्यरतहरुलाई दुरूपयोग हुनबाट अलग रहन पनि ध्यानाकर्षण गराउँछु ।’
सभापति देउवाले कोरोना नियन्त्रण तथा संक्रमितको उपचारमा ध्यान दिन समेत सरकारको ध्यानाकर्षण गराएका छन् । ‘वर्तमान अवस्थामा सरकारको सम्पूर्ण ध्यान कोभिड–१९ को रोकथाम र उपचारमा केन्द्रित गर्न र निषेधाज्ञाका कारण निम्न आय भएका आमनागरिक, साना व्यवसायी, श्रमजीवीहरुको राहत र सहयोगका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्न माग गर्दछु,’ वक्तव्यमा उल्लेख छ ।
पढ्नुहोस् वक्तव्यको पूर्णपाठ –


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।