काठमाडौं – प्रतिनिधिसभा संसद विघटनविरुद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित संसदका बहुमत सांसदले दायर गरेको मुद्दा शुक्रबार संवैधानिक इजलासमा पेशी चढेको छ ।
सर्वोच्च अदालतमा दायर रिटमाथि पहिलो सुनुवाइको पेशी आगामी शुक्रबार तोकिएको हो ।
सर्वोच्चको मुद्दा महाशाखाका अनुसार शुक्रवार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।
संवैधानिक इजलासमा दर्ता भएका निवेदनको पहिलो सुनुवाइ हरेक हप्ता बुधवार र शुक्रवार गरिने कार्यविधि छ । कार्यविधिअनुसार बुधवार सुनुवाइ हुनसक्ने भए पनि भोलि सार्वजनिक बिदा परेकाले शुक्रवारलाई पेशी तोकिएको जनाइएको छ ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूसहित ५ जना न्यायाधीशको इजलास तोक्ने प्रावधान छ । संवैधानिक इजलासको रोस्टरमा हाल १४ जना न्यायाधीश छन् । तीमध्ये न्यायाधीश हरिकृष्ण कार्कीले हेर्न नमिल्ने भएको छ । अघिल्लोपटक प्रतिनिधिसभा विघटनको मुद्दामा कार्कीले आफूलाई अलग राखेकाले यसपालि विवादमा पनि कार्की संलग्न नहुने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।