काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा उत्रिएको नेपाल तरुण दलले देशैभर प्रदर्शन गर्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।
कोरोना भाइरस महामारी भएकाले स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड अपनाएर प्रदर्शन गर्न ७७ वटै जिल्ला अध्यक्षहरुलाई परिपत्र गरिएको अध्यक्ष जित जंग बस्नेतले जानकारी दिए ।
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले षड्यन्त्रपूर्वक प्रतिनिधिसभा विघटन गरेकाले महामारीबीच पनि प्रदर्शन गर्न बाध्य हुनुपरेको बस्नेतले बताए ।
तरुण दलले वाइसीएल, युवा संघ, समाजवादी युवा संघ, विवेकशील साझा युवा संगठन लगायतसँग सहकार्य गर्दै देशैभर प्रदर्शन गर्न जिल्ला अध्यक्षहरुलाई परिपत्र गरेको छ ।
यस्तो छ परिपत्र –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।