काठमाडौं – लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस लगायत विपक्षी दलले नयाँ ‘एक्सन’ थालेका छन् ।
प्रदेश सभामा रहेका विपक्षी दलका सांसदले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री नियुक्तिदेखि सांसदहरुको हस्ताक्षरसम्मका कागजपत्र माग गर्दै निवेदन दिएका छन् ।
मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका विपक्षी दलका सांसदले नेपालको संविधान र सूचनाको हकसम्बन्धी २०६४ को दफा ३ बमोजिम हस्ताक्षर सहितको व्यहोरा माग गरेका छन् ।
कांग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्री, माओवादी केन्द्रकी पार्वती पुन, जसपा सचेतक पुर्मती ढेगा र राजमो नेता तारा जिसीले आज सोमवार प्रदेश प्रमुखको कार्यालयमा निवेदन दिएका छन् ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले डाँकेको प्रदेशसभा विशेष अधिवेशन सम्बन्धी पत्र, प्रदेश सरकार मुख्यमन्त्री शंकर पोखरलले दिएको राजीनामा लगायतका अन्य कागजपत्र समेत माग गरिएको क्षेत्रीले जानकारी दिइन् ।
निवेदनमा संसद अधिवेशन अन्त्य तथा शंकर पोखरेलले एमाले संसदीय दलको नेताको रुपमा बैशाख १९ गते प्रदेशसभा सदस्यको हस्ताक्षर सहितको निवेदनसँगै मुख्यमन्त्रीमा पुनः नियुक्त लगायतका कागजपत्र माग गरिएको जनाइएको छ ।
माओवादी केन्द्रका संसदीय दलको नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्ति प्रस्ताव सहितको हस्ताक्षर निवेदनसहित अन्य कागजपत्र पनि माग गरिएको नेपाली कांग्रेसकी सचेतक क्षेत्रीले जानकारी दिइन् ।
यस्तो छ निवेदन –


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।