आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

सर्वाेच्च अदालतमै पुगेर के चाहन्छन् सभापति शेरबहादुर देउवा ?

सर्वाेच्च अदालतमै पुगेर के चाहन्छन् सभापति शेरबहादुर देउवा ?

  • मिडिया डबली
  • सोमवार, जेठ १० २०७८

  • 9.0K
    SHARES

  • सर्वाेच्च अदालतमै पुगेर के चाहन्छन् सभापति शेरबहादुर देउवा ?

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सांसदहरू सोमबार लामवद्ध भएर सर्वाेच्च अदालतमा पुगे । प्रतिनिधि सभाका बहुमत सांसदहरूले सर्वाेच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

    रिट निवेदनमा नेपालको संविधानको धारा ७६(५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने र प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने माग राखिएको छ ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्ष सम्मिलित विपक्षी गठबन्धनका १६४ सांसदको हस्ताक्षरसहित देउवाको पक्षमा रिट निवेदन दिइएको छ ।

    रिट निवेदन बुझाएपछि सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता रमेश लेखकले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने र प्रतिनिधिसभा पुनर्स्थापनाको परमादेश मागदाबी गरिएको बताए ।

    नेता लेखकले भने, ‘संविधानसम्मत रुपले प्रतिनिधि सभाको कायम संख्याको बहुमत कायम गरेर संविधान बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश माग्ने कुरा रिटमा छ, सर्वोच्चबाट सोही अनुसारको अपेक्षा गरेका छौं । प्रतिनिधि सभाको पुनर्स्थापनाको मूल माग लिएर १४६ जना आउनुभएको छ ।’

    रिट दर्ता गर्न नेपाली कांग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधवकुमार नेपालसहित नेता सर्वोच्च अदालतमा पुगेका थिए ।
      
    कांग्रेस चर्चित केन्द्रीय सदस्य गगनकुमार थापाले ५४ प्रतिशत सांसदको हस्ताक्षरसहित आफूहरु सर्वोच्चमा आएको बताएका छन् । ‘पटक–पटक हामी न्यायालय आउनुपर्ने अवस्था दूभाग्यपूर्ण हो । हामीलाई के विश्वास छ भने प्रतिनिधिसभा विघटनबारे यसअघिको ब्याख्याको कारणले गर्दा संसद पुनर्स्थापना हुन्छ । ५४ प्रतिशत सदस्यले आफैं उभिएर योभन्दा दायाँबायाँको कुरा देख्दिनँ,’ उनले भनेका छन् ।

    निवेदनमा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, माधव नेपाल पक्षका २३, जसपा उपेन्द्र यादव पक्षका १२ र जनमोर्चाकी १ गरी १४६ सांसदले हस्ताक्षर गरेका जनाइएको छ ।

    कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी दलले कानूनी र राजनीतिक लडाइँ लड्ने घोषणा गरिसकेका छन् ।

    हेर्नुहोस् रिट निवेदन –

    r1.jpgr2.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend