आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

तरुण दलसँग मिल्यो वाइसीएल, नयाँ अभियान घोषणा

तरुण दलसँग मिल्यो वाइसीएल, नयाँ अभियान घोषणा

  • मिडिया डबली
  • शनिवार, जेठ ८ २०७८

  • 12.1K
    SHARES

  • तरुण दलसँग मिल्यो वाइसीएल, नयाँ अभियान घोषणा

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलसँग नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएल नेपाल मिलेको छ ।

    तरुण दल र वाइसीएलसहित विपक्षी गठबन्धन निकट ६ युवा संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई यथाशीघ्र कानूनी कठघरामा उभ्याउने अभियानको घोषणा गरेका छन् ।

    प्रतिनिधिसभा संसद विघटनको विरोधमा शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै ६ संगठनले पटक–पटक संविधानको हत्या गरिएको भन्दै राष्ट्रपति भण्डारीलाई कानूनी कठघरामा उभ्याउनुपर्ने माग गरेका छन् ।

    संयुक्त विज्ञप्तिमा उल्लेख छ, ‘सबै मिलेर कोभिड–१९ ले निम्त्याउने संकटको निवारण गर्ने समयमा चुनावको नाटक गर्दै चालिएको असंवैधानिक कदमको हामी निन्दा गर्दछौं । साथै राजनीतिक दलहरूलाई पटक–पटक संविधानको हत्या गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीलाई यथाशीघ्र कानूनी कठघरामा उभ्याउन माग गर्दछौं । यस्तो अक्षम्य अपराधमा संलग्न भण्डारी तथा ओलीलाई पदमुक्त भइसकेपश्चात समेत कारवाही गर्ने वातावरण राजनीतिक तथा संवैधानिक हिसाबले समेत निर्माण गर्न अपिल गर्दर्छौं ।’

    ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नै नदिई आफूसँग संसद्को विश्वास लिनसक्ने परिस्थिति नरहेको भन्दै संविधानको धारा ७६(५) को प्रक्रिया आरम्भ गर्न राष्ट्रपतिसमक्ष अनुरोध पेश गर्नु र राष्ट्रपति भण्डारीले सोही धाराअनुसार प्रधानमन्त्री नियुक्ति प्रायोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभा सदस्यलाई आह्वान गर्नु आफैंमा असंवैधानिक कदम भएको समेत संगठनको ठहर छ ।

    विज्ञप्तिमा कांग्रेसको तरुण दल, माओवादी केन्द्रको वाइसीएल, एमालेको युवा संघ, समाजवादी युवा संघ, अखिल नेपाल युवक संघ र विवेकशील साझा युवा संगठनका अध्यक्षहरूले हस्ताक्षर गरेका छन् ।

    186482672_2870281013234955_5719972065596922318_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend