काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सत्ता स्वार्थमा मात्र निर्लिप्त ओली–विद्या गठबन्धनलाई परास्त गरी सत्ताच्युत गर्नु आजको राष्ट्रिय आवश्यकता रहेको जनाएको छ ।
अध्यक्ष राजिव ढुंगानाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मध्यराति प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमाथि हमला गरेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाइएको छ ।
लोकतन्त्र संकटमा परेका बेला देशभरका युवा विद्यार्थीलाई संघर्षको मैदानमा उत्रिन नेविसंघले आह्वान गरेको छ ।

यस्तै, नेविसंघका महामन्त्री दीपक भट्टराई कोरोना महामारीको मुहूर्तमा ज्ञानेन्द्र शैलीले विदेशी प्रभूले नचाहेको संविधान च्यातेर राष्ट्रपति र प्रधानमन्त्रीले थप संकटलाई निम्तो दिएको आरोप लगाएका छन् ।
‘सम्पूर्ण लोकतन्त्रवादी एकजुट भई संघर्षको बाटोबाट संविधानको संरक्षण र ओलीलाई सत्ताच्युत गर्न अब ढिलो गर्नु हुँदैन,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।