काठमाडौं – बुधबार नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै निर्णय गराएका सभापति शेरबहादुर देउवाले भोलि बिहीबार बिहानै ओलीलाई भेट्न भएका छन् ।
कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीलाई भेट्न समय पाएका छन् । देउवा र ओलीबीच बिहीवार बिहान ९ बजे सिंहदरबारमा भेटवार्ता हुने स्रोतले जनाएको छ ।
कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारका विषयमा सरकारको ध्यानाकर्षण गराउन प्रधानमन्त्री ओलीलाई भेटेर सभापति देउवाले ज्ञापनपत्र बुझाउने तयारी रहेको सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए ।
भेटमा कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री डा. महत लगायतका नेता सहभागी हुने भएका छन् ।
आज बुधवार बसेको कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि ओली सरकारको ध्यानाकर्षण गराउने र त्यसका लागि राज्यको सबै स्रोतसाधन र शक्ति खर्च गर्न माग गर्ने निर्णय गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।