काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई धक्का दिएका छन् ।
प्रचण्डको सचिवालयले राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मौन अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमूक उम्मेदवारलाई मतदान गर्न अपिल गरेकोमा कारवाही गर्न निर्वाचन आयोगसमक्ष माग गरेको छ ।
अध्यक्ष प्रचण्डको निजी सचिवालयका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’ले बुधबार प्रेस वक्तव्य जारी गर्दै जेठ ३ गतेदेखि मौन अवधि सुरु भइसकेको अवस्थामा मतदानका लागि अपिल गर्नु आचारसंहिता विपरीत भएको ठहर गरेको छ ।
वक्तव्यमा उल्लेख छ, ‘जेठ ३ गते राति १२ बजेदेखि मौन अवधि शुरू भइसकेको सन्दर्भमा गरिएको यसप्रकारको अपिल निर्वाचन आचारसंहिता विपरित भएको स्वयं निर्वाचन आयोगले सचेत गराइसकेको छ ।’
प्रधानमन्त्री ओलीले बुधवार अपिल जारी गरेर नेकपा एमाले उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई मतदान गर्न आग्रह गरेका छन् ।
महराद्वारा विज्ञप्तिमा अगाडि उल्लेख छ, ‘केपी शर्मा ओली नेकपा एमालेका अध्यक्ष मात्र नभएर नेपाल सरकारका प्रधानमन्त्री समेत हुनुहुन्छ । स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व हो । यस विपरीत सरकार प्रमुखले नै अमूक उम्मेदवारलाई विजयी गराउन मतदाताहरुलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु, स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आधारभूत सिद्धान्तको खिलाफमा छ ।’
यस्तो छ वक्तव्य –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।