काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहले कपिलवस्तु जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जोड्नका लागि १ लाख रुपैयाँ सहयोग दिएका छन् ।
कोरोना भाइरस संक्रमणको महामारीका कारण अक्सिजनको अभाव भएका बेला सांसद साहले सहयोग गरेका हुन् ।
सांसद साह कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । सांसद साह २०६४ र २०७० सालका संविधानसभा निर्वाचन मात्र नभई २०७४ सालको आमनिर्वाचनमा समेत लगातार ३ पटक निर्वाचित भएका छन् ।
सांसद साहले सहयोगबारे जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘कपिलवस्तु जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्नका निम्ति मेरो व्यक्तिगत तर्फबाट १ लाख रुपैयाँको सहयोग घोषणा गर्दछु ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।