काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापाले कोरोना भाइरस संक्रमणको महामारीका बेला आफ्नो निर्वाचन क्षेत्रमा संक्रमितका लागि कामहरू गर्दै आएका छन् ।
होम आइसोलेसनमा बसेका व्यक्तिका लागि केही दिनअघि टेलिफोनमार्फत परामर्श दिने निःशुल्क सुविधा सुरू गरेका सांसद थापाले फेरि अर्काे काम थालेका छन् ।
संक्रमितले होम आइसोलेसनमा बस्दा छुट्टै बस्न गाह्रो हुने र परिवारलाई संक्रमणको जोखिम हुने भएकाले सांसद थापाले छुट्टै आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै सांसद थापाले आइसोलेसनमा बस्न चाहनेले सम्पर्क गर्न आह्वान गरेका छन् ।
सांसद थापाले भिडियोसँगै लेखेका छन्, ‘प्यारागन पब्लिक स्कूलसँगको सहकार्यमा आजबाट आइसोलेसन सेन्टर सुरू गरेका छौं । आफ्नो घरमा आइसोलेसनमा बस्न उपयुक्त वातावरण नभएका संक्रमित व्यक्तिहरुले सांसदको कार्यालयका स्वयंसेवकहरूलाई ९८६०३४०५८७ मा एसएमएस गरिदिनुहोला । कामनपा–८ र ९ तथा अभियानमा जोडिने सहयोगी मनहरू सबैलाई धन्यवाद !’
नीति निर्माण तहमै सरकारलाई झक्झक्याउन सांसद थापाले प्रतिनिधिसभा, सामाजिक सञ्जाल, विभिन्न पत्राचार र ज्ञापनपत्रमार्फत सरकारलाई खबरदारी गर्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।