काठमाडौं – नेपाली कांग्रेसका युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले ओखलढुंगा जिल्लामा कोरोना संक्रिमतलाई आवश्यक पर्ने औषधिसहित स्वास्थ्य सामग्रीहरूको अभाव रहेको भन्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
पूर्व सांसद खतिवडाले आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई रामशाहपथस्थित मन्त्रालयमा भेटेर स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउन माग गरेका हुन् ।
जवाफमा सचिव अर्यालले ओखलढुंगा जिल्लामा औषधिसहितका स्वास्थ्य सामग्रीहरू पठाउने आश्वासन दिएका छन् ।
खतिवडाले कोरोना परीक्षणमा आवश्यक पर्ने एन्टिजेन परीक्षण किट पठाउन पनि सचिवसँग आग्रह गरेका छन् ।
खतिवडाले ओखलढुंगा जिल्लामै कोरोनाको नमूना परीक्षणका लागि पीसीआर मशिन राख्न पनि अनुरोध गरेका छन् । पीसीआर परीक्षणका लागि ओखलढुंगाका जनताले कम्तिमा पनि २ दिन पर्खनुपर्ने अवस्था रहेको छ ।
स्यानिटाइजर, मास्क, पीपीई सेट, अक्सिजन सिलिन्डर सहितका सामग्री ओखलढुंगामा पठाउन खतिवडाले सचिव अर्यालसँग अनुरोध गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।