आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कांग्रेस जिम्मेवार पार्टी हो, जनताको सुखदुःखमा हामी उभिनुपर्छ : सभापति देउवा

कांग्रेस जिम्मेवार पार्टी हो, जनताको सुखदुःखमा हामी उभिनुपर्छ : सभापति देउवा

  • मिडिया डबली
  • आइतवार, जेठ २ २०७८

  • 9.9K
    SHARES

  • कांग्रेस जिम्मेवार पार्टी हो, जनताको सुखदुःखमा हामी उभिनुपर्छ : सभापति देउवा

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको गैरजिम्मेवारीकै कारण कोभिडको महामारीबाट जनताले दुःख पाएको बताएका छन् ।

    नेपाली कांग्रेसको कोभिड–१९ अनुगमन समितिले आईतवार कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका लागि गरेको भर्चुअल अन्तर्क्रियामा बोल्दै सभापति देउवाले जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न सरकारलाई चेतावनी दिए ।

    ‘अस्पतालमा बेड, अक्सिजन र उपचार नपाएर जनताको मृत्यु भइरहेको छ । सरकार नचाहिने काममा व्यस्त भएको छ । जनताको जीवनमाथि खेलबाड गर्न पाइँदैन,’ सभापति देउवाले भने ।

    सभापति देउवाले कोरोना कहरबीच बिरामीको उपचारका लागि खटिने स्वास्थ्यकर्मी लगायत सबै फ्रन्टलाइनरहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । सभापति देउवाले समस्यामा परेका जनतालाई कांग्रेसका नेता कार्यकर्ताले सकेको सहयोग गर्न निर्देशन समेत दिए ।

    सभापति देउवाले भने, ‘कांग्रेस जिम्मेवार पार्टी हो, जनताको सुखदुखमा हामी उभिनुपर्छ । कोभिडबाट सतर्क रहँदै जनतालाई सेवा गर्न सबै जना खटिनुपर्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend