आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
आजको विशेष

एस्तोनियाकी प्रधानमन्त्री काजा कलास जो साइकलमा कार्यालय जान्छिन्, नेपालका नेताले कहिले सिक्ने ?

एस्तोनियाकी प्रधानमन्त्री काजा कलास जो साइकलमा कार्यालय जान्छिन्, नेपालका नेताले कहिले सिक्ने ?

  • मिडिया डबली
  • आइतवार, जेठ २ २०७८

  • 10.0K
    SHARES

  • एस्तोनियाकी प्रधानमन्त्री काजा कलास जो साइकलमा कार्यालय जान्छिन्, नेपालका नेताले कहिले सिक्ने ?

    काठमाडौं - नेताहरू जति सामान्य हुन्छन् जनताले त्यति नै मन पराउँछन् । चाहे क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो हुन् कि क्रोयसियाकी पूर्वराष्ट्रपति कोलिन्दा ग्राबर । उनीहरूको सामान्य जीवनशैलीले मानिस प्रशंसक बनेका छन् ।

    उनीहरू सर्वसाधारणसँग निकै खुल्छन् । सार्वजनिक यातायातमा सरकारी कार्यालय जान्छन् । कुनै रवाफ देखिन्न । विश्वका विकसित देशका सरकार प्रमुख यस्तै यस्तै कारण लोकप्रिय भएका हुन् ।

    यसैक्रममा एस्टोनियाकी प्रधानमन्त्री काजा कालास पनि सामान्य जीवनशैली अपनाउने सरकार प्रमुख बनेकी छन् । उनी गत जनवरीमा मात्र त्यहाँको प्रधानमन्त्री चुनिएकी हुन् ।

    उनी अहिले साइकलमै प्रधानमन्त्री कार्यालय जाने गरेकी छन् । कालासले साइकलमा गएर यो गर्मीयाममा सरकारी काम गर्न पाउँदा आफूलाई निकै खुसी लागेको ट्विट गरेकी छन् ।

    यस्तो समाचार देखेर नेपालका नेताहरुलाई कस्तो महसुस होला ? नेपालमा जति महँगो गाडीमा सवार होइन्छ त्यति नै लोकप्रिय हुन्छ भन्ने भ्रम छ । सोही कारण पनि देश उँभो नलागेको जनताको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ २ २०७८११:३४:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend