काठमाडौं – नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ ।
गच्छदारकी पत्नी निर्मलाको शनिबार काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
कांग्रेस नेता एनपी साउँदले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाली काग्रेसका पूर्व उपप्रधानमन्त्री तथा उपसभापति विजयकुमार गच्छदारज्यूका धर्मपत्नी निर्मला गच्छदारको मिति २०७८ जेठ १ गते बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा स्वर्गारोहण भएको छ । निर्मला भाउजुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु । बैकुण्ठ बास होस !’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।