आइतवार, जेठ ३० २०७८Jun 13 2021

Logo
images
images
images
images

माओवादीका यी ३ मन्त्री बर्खास्त, शपथ नखाँदै सरकारभित्र खैलाबैला !

माओवादीका यी ३ मन्त्री बर्खास्त, शपथ नखाँदै सरकारभित्र खैलाबैला !

  • मिडिया डबली
  • शुक्रवार, बैशाख ३१ २०७८

  • 63.8K
    SHARES

  • माओवादीका यी ३ मन्त्री बर्खास्त, शपथ नखाँदै सरकारभित्र खैलाबैला !

    काठमाडौं – पछिल्लो समय केन्द्रदेखि प्रदेशसम्म सत्ता समीकरण फेरबदलका खबर आइरहेका बेला नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधवार नियुक्त गरेका ३ जना मन्त्री शपथ नखाँदै बर्खास्त भएका छन् ।

    विश्वासको मत दिएर कुर्सी जोगाइदिने नेपाली कांग्रेसलाई नै बाइपास गरेर जान थालेपछि मुख्यमन्त्री शाहीसँग कांग्रेसको सम्बन्ध बिग्रिएको छ । 

    images
    images

    मुख्यमन्त्री समेत माओवादीले नै सम्हालेका बेला सरकारमा माओवादीकै मन्त्री भर्न थाल्दा कांग्रेसले समर्थन फिर्ता लिने चेतावनी दिएपछि नियुक्त भइसकेका माओवादी मन्त्रीहरू शपथ नखाँदै बर्खास्त भएका छन् । शुक्रबार दिउँसो ३ बजे मुख्यमन्त्री शाहीले प्रदेश प्रमुखलाई भेटेर शपथग्रहण समारोह स्थगित गर्न र तीनै वटा मन्त्रालयको जिम्मा मुख्यमन्त्रीलाई दिन गरेको आग्रहअनुसार प्रदेश प्रमुखले सूचना जारी गरेसँगै तीनै जना मन्त्रीहरू बर्खास्त भएका हुन् ।

    मुख्यमन्त्री शाहीले बुधवार आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला तथा कानूनमन्त्रीमा विन्दमान विष्टलाई नियुक्त गरेका थिए भने सांसद सीता नेपाली समेत मन्त्री बनाइएको थियो । तर यी तीनै मन्त्री शपथ नखाई बर्खास्त भएका छन् ।

    सत्ता सहकार्य भइरहेको अवस्थामा मुख्यमन्त्री शाहीले कांग्रेससँग पनि सल्लाह गर्नुपर्ने कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताएका छन् । ‘सल्लाह नभएको विषयमा थोरै विवाद सिर्जना भएका कारण शपथ ग्रहण कार्यक्रम रोकिएको छ,’ नेता शाहीले भने ।

    सत्तारुढ दल कांग्रेस र माओवादीबीच विवाद देखिएपछि प्रदेश सरकारमा खैलाबैला मच्चिएको छ । कांग्रेसको असन्तुष्टि बढ्दै गएमा समर्थन फिर्ता लिँदा माओवादीको सरकार ढल्ने सम्भावना समेत रहेको छ ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०२:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology