आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक बिशेष

ओलीले फेरि माओवादी केन्द्र फुटाउने प्रचण्डलाई डर

ओलीले फेरि माओवादी केन्द्र फुटाउने प्रचण्डलाई डर

  • मिडिया डबली
  • शुक्रवार, बैशाख ३१ २०७८

  • 6.9K
    SHARES

  • ओलीले फेरि माओवादी केन्द्र फुटाउने प्रचण्डलाई डर

    काठमाडौं - केपी ओली विभिन्न तिकडम गरेर पुनः प्रधानमन्त्री नियुक्त हुन सफल भएपछि सबैभन्दा बढी चिन्तामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परेका छन् ।

    कुनै पनि हालतमा ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउने भनेर लागेका प्रचण्ड अहिले पार्टीमै घेराबन्दीमा परेका छन् । एमाले नेता माधवकुमार नेपालको भर परेर कांग्रेसलाई उचालेर प्रचण्डले ओलीलाई ढाल्ने रणनीति अख्तियार गरेका थिए ।

    तर, उनी सफल हुन सकेनन् । यसअघि पार्टी एकता गरेको ठूलो परिणाम उनले भोगिरहेका छन् । आफ्नै पार्टीका प्रभावशाली नेताहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरिशंकर चौधरी जस्ता नेता गुमाएका प्रचण्डमा फेरि पनि ओलीले आफ्ना नेता चोर्ने डर देखिएको छ ।

    माधव नेपालका सांसदले राजीनामा नदिएपछि विक्षिप्त बनेका प्रचण्डलाई उनकै नेताहरूले पेरिसडाँडामा आच्छु आच्छु पारेका थिए । चपलीहाइटमा ओली–नेपाल भेटघाटपछि बसेको माओवादी केन्द्रको बैठकमा हरिबोल गजुरेल र देवेन्द्र पौडेलले माधव नेपालले धोका दिन्छन् भन्ने पहिला नै थाहा भएको र त्यतिबेला ओलीसँग मिलौं भन्दा नमानेको भन्दै प्रचण्डको कडा आलोचना गरेका थिए।

    नेताहरूले एक मुखले आलोचना गर्न थालेपछि प्रचण्ड मौन बसेको बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend