आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

केपी ओलीलाई हटाउन नसकेपछि प्रचण्डको छटपटी, प्रतिगामीविरुद्ध संघर्षमा उत्रिन आह्वान

केपी ओलीलाई हटाउन नसकेपछि प्रचण्डको छटपटी, प्रतिगामीविरुद्ध संघर्षमा उत्रिन आह्वान

  • मिडिया डबली
  • शुक्रवार, बैशाख ३१ २०७८

  • 7.0K
    SHARES

  • केपी ओलीलाई हटाउन नसकेपछि प्रचण्डको छटपटी, प्रतिगामीविरुद्ध संघर्षमा उत्रिन आह्वान

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन धेरै प्रयास गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको योजना सफल नभएपछि जनताका हक र अधिकारमाथि प्रतिक्रियावादीहरुबाट प्रहार भइरहेको टिप्पणी गरेका छन् ।

    जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएका हक र अधिकारमाथि प्रतिक्रियावादीबाट प्रहार भइरहेको प्रचण्डले बताएका छन् ।

    मुस्लिम समुदायको पर्व इद–उल–फित्रको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले परिवर्तन विरोधी प्रतिगामी शक्तिविरुद्ध एकतावद्ध र सचेत भई संघर्षमा उत्रिन आह्वान गरे ।

    ‘इद–उल–फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले विश्वमा यसको भिन्नै मौलिक पहिचान रहेको छ । यही मौलिक पहिचानका कारण नेपाली जनसमुदायका बीचमा सदियौंदेखि सहिष्णुता र राष्ट्रिय एकताको भावना जागृत भएको हो । बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेको छ,’ शुभकामना सन्देशमा उल्लेख छ ।

    प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधानले नेपाली बहुसंस्कृतिको सम्मान गर्दै पहिचान र आत्मनिर्णयको अधिकार सुनिश्चित गरेको जनाएका छन् ।

    ‘अहिले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियाहरूबाट प्रहार भइरहेको छ । परिवर्तन विरोधी प्रतिगामी शक्तिविरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आह्वान गर्दछु,’ प्रचण्डले भने ।

    mp.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend