आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

प्रचण्डले फेरि कांग्रेस र देउवालाई नराम्रोसँग फसाए, कम्युनिस्टको भर पर्दा यति ठूलो धोका !

प्रचण्डले फेरि कांग्रेस र देउवालाई नराम्रोसँग फसाए, कम्युनिस्टको भर पर्दा यति ठूलो धोका !

  • मिडिया डबली
  • बिहिवार, बैशाख ३० २०७८

  • 22.4K
    SHARES

  • प्रचण्डले फेरि कांग्रेस र देउवालाई नराम्रोसँग फसाए, कम्युनिस्टको भर पर्दा यति ठूलो धोका !

    काठमाडौं – गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको सहारामा चितवनको भरतपुर महानगरपालिकामा छोरी रेणु दाहाललाई मेयर जिताएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा निर्वाचनताका कांग्रेस र सभापति शेरबहादुर देउवालाई धोका दिएर कम्युनिस्ट एकताको नाममा सुटुक्क नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतिर लागे ।

    चुनावको मुखैमा प्रचण्डले धोका दिएपछि देउवा त्यसयता सचेत हुँदै आएका थिए । कम्युनिस्टहरूको भर हुँदैन भन्दै नयाँ सरकार बनाउनुभन्दा पनि ताजा जनादेश अर्थात् निर्वाचनमा जानतिरै सभापति देउवाले जोड दिँदै आएका थिए । 

    देउवाले निर्वाचनको अडान राख्दाराख्दै पनि कांग्रेसभित्रै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर कांग्रेसको नेतृत्वमै सरकार बनाउनुपर्नेमा जोड दियो । माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपालसँग भेटेपछि कांग्रेस नेता पौडेलले देउवामाथि प्रधानमन्त्री बन्न दबाब बढाउन थाले । परिणामस्वरूप सभापति देउवा अन्तिममा कांग्रेसकै नेतृत्वमा सरकार बनाउन सहमत हुनुपर्‍यो ।

    देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नेदेखि बहुमत जुटाउनेसम्मको आश्वासन वरिष्ठ नेता पौडेल र माओवादी अध्यक्ष प्रचण्डले दिएका थिए । प्रचण्डले एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा) नेपालको सहयोगमा प्रधानमन्त्री बन्न सकिने आश्वासन दिएका थिए । तर राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिनैलाग्दासम्म माधव नेपाल एमालेकै बाटो लागे भने जसपाको महन्थ ठाकुर पक्ष ओलीतिर लाग्यो । प्रचण्डले कसैलाई पनि एकजुट राख्न सकेनन् ।

    कम्युनिस्टहरूले अगाडि–पछाडि जेसुकै भन्ने गरेपनि अन्तिममा एकजुट हुने गरेको तथ्य पुनः पुष्टि गरेका छन् । कांग्रेस भने कम्युनिस्टको जालमा पर्दा धोका खाइरहेको छ । प्रचण्डले दोस्रोपटक फेरि कांग्रेसलाई जालमा पारेर धोका दिएका छन् ।

    हिजोसम्म पानी बाराबारको अवस्थामा रहेका र पटक–पटक सभापति शेरबहादुर देउवालाई भेटेर उक्साइरहेका माधवकुमार नेपाल र भीम रावलहरू अन्तिममा ओलीसँग घाँटी जोड्न पुगेका छन् भने कम्युनिस्टको उक्साहटमा परेको कांग्रेस ट्वाँ परेको छ ।

    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेका बेला समेत सभापति देउवाले निर्वाचनकै पक्ष लिएका थिए । त्यतिबेला तोकिएकै समयमा निर्वाचन भएको भए अहिले निर्वाचन भएर कांग्रेसको बहुमतको सरकार बनिसकेको हुने अवस्था रहेको चर्चा कांग्रेसभित्र हुने गरेको छ । तर त्यतिबेला पनि संसद पुनर्स्थापना भएमा अनेक हुन्छ भन्दै ओलीविरुद्ध आन्दोलन गरेका माधव नेपालहरू अहिले ओलीसँगै मिल्न गएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend