आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

देउवालाई प्रधानमन्त्री हुनै नदिन केपी ओलीका ‘दूत’को यस्तो चलखेल !

देउवालाई प्रधानमन्त्री हुनै नदिन केपी ओलीका ‘दूत’को यस्तो चलखेल !

  • मिडिया डबली
  • बिहिवार, बैशाख ३० २०७८

  • 4.4K
    SHARES

  • देउवालाई प्रधानमन्त्री हुनै नदिन केपी ओलीका ‘दूत’को यस्तो चलखेल !

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट नयाँ सरकार बनाउन आह्वान भएको समयसीमा सकिनै लागेको दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन प्रयास भइरहेको छ ।

    जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो समूह सहमत नभएपछि नेकप एमालेको माधवकुमार नेपाल समूहका सांसदले राजीनामा दिएर देउवा प्रधानमन्त्री बन्न बहुमत पुर्‍याउने प्रयास भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना दूत परिचालन गरेका छन् ।

    ओलीका दूत बनेर बिहीबार बिहानै नेता माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका अर्थमन्त्री विष्णु पौडेलले एमाले सांसदको राजीनामा रोक्ने चलखेल गरेका छन् । सामान्य अवस्थामा नेपाल समूहलाई लखेट्दै आएका ओलीले आपत परेपछि फकाउन कोसिस गरिरहेका छन् ।

    नेता नेपाललाई फकाउन ओलीले सत्ता जोगाउनका लागि नेता माधवकुमार नेपाललाई टेलिफोन समेत गरेका छन् । अध्यक्ष ओलीले बिहीबार बिहान नेपाललाई फोन गरी स्थायी कमिटीको बैठकमा सहभागी हुन औपचारिक आग्रह गरेका छन् ।

    ओलीको टेलिफोन आग्रह नेपालले नमानेपछि अर्थमन्त्री विष्णु पौडेल नै नेपालनिवास कोटेश्वर पुगे । नेपालनिवास कोटेश्वरमा केहीबेरको कुराकानीपछि अर्थमन्त्री पौडेल बालुवाटार फर्किएका छन् ।

    ओलीलाई प्रधानमन्त्रीबाट हटाउन लागिपरेका माधव–झलनाथ खनाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेका बेला ओलीले फकाउन खोजेका छन् । नेपाललाई भेटेर पौडेलले सांसदहरूको राजीनामा रोक्न आग्रह गरेका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई गठबन्धनको सरकार बनाउने समयसीमा आज बिहीबार सकिँदैछ । 

    सोमवार ओलीले प्रतिनिधिसभा बैठकमा विश्वासको मत गुमाएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार बहुमतको गठबन्धन सरकार बनाउन आह्वान गरिसकेकी छन् । 

    सोमबार राष्ट्रपतिले वैशाख ३० गते राति ९ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई आह्वान गरेकी थिइन् । समयसीमा घकिँदै जाँदा ओलीले नेता नेपाललाई फकाउन थालेका छन् ।

    संवैधानिक प्रावधान अनुसार नयाँ गठबन्धन निर्माणका लागि संसदमा तत्काल कायम रहेको संख्याको बहुमत आवश्यक पर्ने गर्छ । प्रतिनिधिसभामा हाल २७१ सदस्य कायम रहेका छन्, जसको बहुमत १३६ हुनेछ । यसअघि भएको विश्वासको मतको मतदान अनुसार प्रधानमन्त्री ओलीको पक्षमा ९३ मत र विपक्षमा १२४ मत पर्दा तटस्थ १५ मत रहेको थियो । अन्य सांसद बैठकमा अनुपस्थित भएका थिए ।

    प्रधानमन्त्री ओली र उनका दूतले अनेक चलखेल गरेर कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री हुनै नदिने रणनीति लिएका छन् । देउवालाई प्रधानमन्त्री हुन नदिए फेरि आफू नै प्रधानमन्त्री हुने ओलीको योजना रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend