आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सभापति देउवालाई प्रधानमन्त्री बनाउन महन्थ ठाकुरलाई कसरी फकाउने ? कांग्रेसले गर्‍यो यस्तो निर्णय

सभापति देउवालाई प्रधानमन्त्री बनाउन महन्थ ठाकुरलाई कसरी फकाउने ? कांग्रेसले गर्‍यो यस्तो निर्णय

  • मिडिया डबली
  • मंगलवार, बैशाख २८ २०७८

  • 16.6K
    SHARES

  • सभापति देउवालाई प्रधानमन्त्री बनाउन महन्थ ठाकुरलाई कसरी फकाउने ? कांग्रेसले गर्‍यो यस्तो निर्णय

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन आवश्यक बहुमतका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षलाई फकाउनुपर्ने भएका बेला कांग्रेसले छलफल गर्ने निर्णय गरेको छ ।

    बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा बसेको पार्टी पदाधिकारी बैठकले नयाँ सरकार गठनमा सहभागी नहुने जनाएको जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई सहमतिमा ल्याउन प्रयास गर्ने निर्णय गरेको छ ।

    पदाधिकारी बैठकले महन्थ ठाकुर पक्षलाई सहमतिमा ल्याउन प्रयत्न गर्ने निर्णय गरेको सहमहामन्त्री डा. प्रकाशरण महतले जानकारी दिए । ‘हाम्रो नेतृत्वमा सरकार गठनका निम्ति जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षसँग छलफल गर्ने निर्णय भएको छ । उहाँहरुसँग सहमति जुट्छ भन्ने सभापति शेरबहादुर देउवाको विश्वास रहेको छ,’ महतले भने ।

    पदाधिकारी बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले सरकार गठनका लागि समयसीमा तोकेकाले निर्धारित समयमै आफ्नो नेतृत्वमा सरकार गठनका लागि कांग्रेसले प्रयत्न गर्ने बताएका छन् ।

    पौडेलले भने, ‘हामीले प्रधानमन्त्रीलाई पदमुक्त गर्न सफल भएका छौं । उहाँले विश्वासको मत जुटाउन सक्नुभएन । अब कांग्रेसको नेतृत्वमा सरकार गठनका निम्ति हामीले पहल जारी राख्ने छौं ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend